मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको मुद्दती खातामा दुई वर्षमै पैसा दोब्बर हुने

ग्लोबल आइएमई बैंकको मुद्दती खातामा दुई वर्षमै पैसा दोब्बर हुने

ग्लोबल आइएमई बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना 'ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना' सार्वजनिक गरेको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं-  ग्लोबल आइएमई बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना 'ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना' सार्वजनिक गरेको छ। 

यस मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकहरूले दुई वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्नेछन्। 

यस योजनाअन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ। दुई वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ। 

यस योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार छ। कम्पनीका अनुसार यसमा सर्तहरू लागू हुनेछन् र यो योजना सीमित अविधिका लागि मात्र हो। 

बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।


प्रकाशित: Sep 23, 2022| 15:42 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्