बुधबार, असार ३, २०८३

नेपाल–रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक शेरचन

नेपाल–रसिया चेम्बर अफ कमर्सको २५औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं– नेपाल–रसिया चेम्बर अफ कमर्सको २५औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। 

National life

शुक्रबार राजधानीमा सम्पन्न साधारणभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा निर्वाचित भएका छन्।

महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएको संघले जनाएको छ। संघको कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, विजय थापा, मणिराम पोख्रेल र उन्नत श्रेष्ठ निर्वाचित भए।

कार्यकारिणी समितिका अन्य सदस्यहरुमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहेका छन्।

Shivam cement

संघका नवनिर्वाचित अध्यक्ष शेरचनले विगतमा ठूलो संख्यामा नेपाली विद्यार्थीले तत्कालीन सोभियत संघमा छात्रवृत्तिमा अध्ययन गरेका कारण नागरिक स्तरमै सम्बन्ध विस्तार भइसकेको स्मरण गर्दै नेपाल रसिया चेम्बरका माध्यमले यसलाई नयाँ आयाम दिन आफूहरु लागिपर्ने बताए। नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा दौत्य सम्बन्ध स्थापित भएको हो।

प्रकाशित: Sep 23, 2022| 15:07 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्