मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सांग्रिला मोटर्सले चाडपर्वको अवसरमा ल्यायो यस्तो अफर

सांग्रिला मोटर्सले चाडपर्वको अवसरमा ल्यायो यस्तो अफर

नेपालमा ‘प्युजो र सिट्रोन’का लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ल्याएको घोषणा गरेको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- नेपालमा ‘प्युजो र सिट्रोन’का लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ल्याएको घोषणा गरेको छ।

दशैं, तिहार र छठ पर्वभरि मान्य हुनेगरि सांग्रिलाले ल्याएको चाडपर्व अफर यस वर्षको सबैभन्दा ठूलो र आकर्षक अफर भएको दाबी गरिएको छ।

सांग्रिला मोटर्सले प्युजो वा सिट्रोन कार किन्ने जो कोहीलाई क्रमशः १६ लाख ५० हजार र १५ लाख ५० हजार रुपैयाँको लाभ प्रदान गर्ने बताएको छ। त्यसैगरी, सिट्रोन र प्युजो दुवैले आफ्ना ग्राहकलाई ७ लाख छुट, १ वर्षको निःशुल्क बीमा, ४ महिनाको ब्याजसहित निःशुल्क इएमआई र १ वर्षसम्म सडक कर निःशुल्क उपलब्ध गराउने बताएका छन्।

प्रसिद्ध फ्रान्सेली अटोमोबाइल ब्रान्डहरूमध्ये एक सिट्रोन सांग्रिला मोटर्सले नयाँ थपेको हो। चाडपर्वको प्रस्ताव, सिट्रोन को ‘सी५ एअरक्रस’ मोडलमा मान्य छ। ‘सी५ एअरक्रस’ मोडल एउटा विलासी फ्रान्सेली कार हो जसले क्लास र आरामलाई एउटै कारमा पहुँचयोग्य बनाउँछ भनेर निक्कै प्रख्यात छ। 

जबकि प्युजा नेपाली कार बजारमा पहिले नै स्थापित भइसकेको छ र अफर ‘प्युजोको ३००८ अलुर’ डिजेल मोडलका लागि मात्र मान्य छ। यो चाडपर्वको अवसरमा सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले ‘ड्राइभ नाउ, पे लेटर’ योजना ल्याएर सवारी साधनको सपना देख्ने मानिसहरूलाई सहज बनाउने लक्ष्य राखेको बताएको छ।

प्रकाशित: Sep 23, 2022| 14:52 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्