बुधबार, असार ३, २०८३

बोटका नयाँ उत्पादन नेपाली बजारमा

भारतको वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेडले बोटको स्मार्टवाच नेपाली बजारमा सार्वजनिक गरेको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- भारतको वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेडले बोटको स्मार्टवाच नेपाली बजारमा सार्वजनिक गरेको छ।

National life

नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिनमा मार्केटिङले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराई ग्राहकहरूको विकासशील आवश्यकता पूरा गरेको बताएको छ।

यो स्मार्टवाचमा स्क्वायर डायल भएको बेभ प्रो ४७, १.६९ इन्चकलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ। 

यो डिस्प्लेमा गुणस्तर्य पिक्चर ५०० निट्स ब्राईटनेस, र विशाल दृश्यको अनुभव प्रदान गर्ने बताइएको छ। यसको नवीनतम बोट एएसएपि चार्ज टेक्नोलोजीको सात दिनसम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा १०० प्रतिशतसम्म चार्ज गर्दछ।

यसमा मभएको आइपी ६७ ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ, जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ। 

Shivam cement

यसको मूल्य ६ हजार ४९९ तोकिएको छ। कम्पनीले सबैभन्दा नयाँ संस्करणको बोट एक्सटेन्ड स्पोर्ट स्मार्ट वाच पनि सार्वजनिक गरेको छ। 

यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन्। यसमा ७०० भन्दा बढी सक्रिय मोडहरू रहेका छन् जसले निद्राको गतिविधिदेखि पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्ने बताइएको छ। 

छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्ट वाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ। यो स्मार्टवाच स्पोर्टी १.६९” एचडी डिस्प्लेको साथ आउँदछ जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ। 

यसमा १०० बढी फेस अप्सन छन् जसले भाइबलाई तपाइँको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ। 

यसको नेपालको सबै रिटेल आउटलेटमा ६ हजार ४९९ रुपैयाँ तोकिएको छ। त्यस्तै, यस कम्पनीको नयाँ लाइन अपमा बजार मानेक ब्यान्ड– रकर्ज ३३० र रकर्ज २५५ प्रो प्लस पनि ल्याएको छ। 

यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै बोट सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्ध छन्। बजारमा यसको मूल्य ३ हजार ३९९ रुपैयाँदेखि ३ हजार ४९९ रुपैयाँसम्म  रहेको छ।

प्रकाशित: Sep 23, 2022| 14:46 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्