बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकद्वारा वार्षिकोत्सवमा बालबालिकालाई नयाँ लुगा सहयोग

सनराइज बैंकद्वारा वार्षिकोत्सवमा बालबालिकालाई नयाँ लुगा सहयोग

सनराइज बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- सनराइज बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ।

National life

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार नक्सालस्थित नेपाल बाल संगठनमा एक कार्यक्रमबीच बैंककी निर्देशक शारदा शर्मा पुडासैनीले नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई उक्त सामान हस्तान्तरण गरिन्।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालगायत बैंकका उच्चपदस्त अधिकारी सहभागी थिए। यसअघि पनि वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा वितरण गर्दै आएको बैंकले दसैँलाई मध्यनजर गरी बालबालिकाको लागि नयाँ कपडा सहयोग गरेको हो।

बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्वप्रभावित बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने निर्देशक शारदा शर्मा पुडासैनीले बताइन्।


प्रकाशित: Sep 23, 2022| 14:41 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्