मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पसलमा राखेको साइन बोर्डको कर तिर्न काठमाडौं महानगरको ताकेता

पसलमा राखेको साइन बोर्डको कर तिर्न काठमाडौं महानगरको ताकेता

काठमाडौं महानगरपालिकामा व्यबसाय गर्नेहरूले आफ्नो पसलमा राखेको आफ्नै परिचय पाटी(साइन बोर्ड) को समेत कर तिर्नुपर्ने भएको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकामा व्यबसाय गर्नेहरूले आफ्नो पसलमा राखेको आफ्नै परिचय पाटी(साइन बोर्ड) को समेत कर तिर्नुपर्ने भएको छ।

काठमांडौ महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै ३० दिनभित्र उक्त कर तिरिसक्न आग्रह गरेको हो। 

काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, सङ्घ संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सक्ष्य संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको भन्दै सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन आग्रह गरेको छ। 

उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने जनाएको छ। 

परिचय पाटी ६ वर्ग फुटसम्म एक वटाको ५०० रूपैयाँ, परिचय पाटी १५ वर्ग फुटसम्मको १००० रूपैयाँ र १५ वर्ग फुटभन्दा माथि ३० वर्गफुटसम्मको प्रतिवर्ग फुट १००० रूपैयाँ बार्षिक शुल्क लाग्ने र ३० वर्गफुट भन्दा माथिको परिचय पाटी राख्न पाइने छैन।



प्रकाशित: Sep 23, 2022| 08:07 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्