मंगलबार, असोज ६, २०८३

हिरो इलेक्ट्रिक स्कुटरको नाडामा विशेष अफर

हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई. मोबिलिटी प्रालिले नगद तथा गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई. मोबिलिटी प्रालिले नगद तथा गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ। नाडा ईभी अटो शोमा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई २५ हजारसम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्डको वासिङ मेसिन प्रदान गर्ने भएको हो। 

कम्पनीले नाडा ईभी अटो शोमा सी ७ नम्बरको स्टल पनि बुकिङ गरिसकेको छ। कम्पनीका अनुसार नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ। एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरूले भारत सहित नेपालमा पनि अति राम्रो बजार लिएको कम्पनीको दाबी छ। 

‘भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन्। नेपाली बजारमा हाल चार मोडेल उपलब्ध गराइएको छ र थप नयाँ मोडलको बारेमा जानकारी लिनको निम्ति आजै नाडा ईभि अटो सो मा स्टल नं सी ७ मा सम्पर्क गर्न सकिनेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

साथै कम्पनीले नेपालभरबाट डिलरसिपका लागि आवेदन पनि माग गरेको छ। हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो। 

प्रकाशित: Sep 22, 2022| 18:34 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्