काठमाडौं- बजाजले ‘पाकेट भर्नको लागि बजाज पाकेट फुल’ नामक नयाँ योजना ल्याएको छ। कम्पनीले दशैं–तिहारको अवसरमा आफ्ना ग्राहकहरुलाई मध्यनजर गरेर उक्त योजना सार्वजनिक गरेको हो।
बजाजको नेपालको लागि आधिकारिक कम्पनी हंसराज हुलास चन्द एण्ड कम्पनीले योजना सार्बजनिक गरेको छ।
योजनाअन्तर्गत बजाजको कुनै पनि मोटरसाईकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड उपलब्ध गराइन्छ।
जसको एउटा भागमा स्त्र्mयाच गर्ने ठाउँ छ भने अर्को भागमा पाकेटफुल साप्ताहिक लक्कीड्र राखिएको छ । स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न कम्पनीको भनाइ छ।
त्यस्तै योजना अवधिभर साप्ताहिक पाकेटफुल लक्कीड्र कुपन मध्येबाट हरेक हप्ता लक्कीड्र गरि एकजनालाई भाग्यशाली विजेता घोषणा गरिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४