शनिबार, चैत ११, २०७९

राष्ट्रपतिको कदमबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कानुनविद्

'नागरिकता विधेयकका विषयमा छलफल गरी परामर्श लिनका लागि प्रधानमन्त्रीले कानुनविदहरूलाई बोलाउनु भएको छ,' संयोजक परियारले भने, '२० जना जति कानुनविद्हरुसँग प्रधानमन्त्री देउवाले छलफल गरी सुझाव लिनुहुनेछ।'
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

National life insurance
worldlink

काठमाडौं- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्‌हरूलाई बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविद् बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। 

'नागरिकता विधेयकका विषयमा छलफल गरी परामर्श लिनका लागि प्रधानमन्त्रीले कानुनविदहरूलाई बोलाउनु भएको छ,' संयोजक परियारले भने, '२० जना जति कानुनविद्हरुसँग प्रधानमन्त्री देउवाले छलफल गरी सुझाव लिनुहुनेछ।'

यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको थियो। 

प्रकाशित: Sep 21, 2022| 03:25. 29 बुधबार, असोज ५, २०७९