बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३१ पैसा र बिक्री दर १२७ रुपैयाँ ९१ पैसा कायम गरेको छ।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३१ पैसा र बिक्री दर १२७ रुपैयाँ ९१ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२७ रुपैयाँ ३९ पैसा र बिक्री दर १२७ रुपैयाँ ९९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५ रुपैयाँ ३८ पैसा र बिक्री दर १४६ रुपैयाँ ०६ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ७६ पैसा र बिक्री दर १३२ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २६ पैसा र बिक्री दर ८५ रुपैयाँ ६६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ २२ पैसा छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८६ पैसा र बिक्री दर ८ रुपैयाँ ९० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १५ पैसा र बिक्री दर १८ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८६ पैसा र बिक्री दर ३४ रुपैयाँ ०२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८३ पैसा र बिक्री दर ३४ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ०६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १४ पैसा र बिक्री दर ९ रुपैयाँ १८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Sep 21, 2022| 07:13 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्