शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • एउटा यस्तो साफ 'क्लोज अप' जहाँ महिला फुटबलको पसिना र खुसी दुबै देखियो

एउटा यस्तो साफ 'क्लोज अप' जहाँ महिला फुटबलको पसिना र खुसी दुबै देखियो

‘यो प्रतियोगिताको आधारमा हामी नम्बर वान टिम भयौँ,’ बंगलादेशी प्रशिक्षक छोटोनले भने, ‘मलाई लाग्छ भारत र नेपाल राम्रा टिम हुन्। दुवै देशलाई सम्मान गर्छौं। तर अहिले चाहीँ हामी च्याम्पियन भयौँ।’
 |  मंगलबार, असोज ४, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, असोज ४, २०७९

काठमाडौं- बंगलादेशका लागि छैटौं महिला साफ इतिहास रच्‍ने अवसर बनेको छ। कारण, पहिलो पटक महिला साफको उपाधि बंगलादेशले आफ्नो नाममा दर्ता गराएको छ। छैटौं साफमा नै भारतले दुई हार बेहोर्‍यो।

triton college

भुटान कीर्तिमानी जितसहित सेमिफाइनलमा पुग्यो। पाकिस्तान फुटबलमा फर्कियो। कोभिड–१९ महामारीपछि महिला फुटबल जुर्मुराएको प्रतियोगिता हो, छैटौं महिला साफ। जसमा मुख्य प्रशिक्षकको राजीनामा, हिलो पीच अनि हिलैहिलो भएका विजेतालगायतका किस्साहरु छोडिएका छन्। 

अबको १० वर्षपछि काठमाडौंमा पछिल्लो हप्ता भएको साफ सम्झिने हो भने यस्तै कुरा याद आउनेछन्। किनभने छैटौं महिला साफ च्याम्पियनसिप दशरथ रंगशालामा सम्पन्‍न हुँदा यि कुराहरु विशेष रहे। ती सबैमध्येको पनि एक नम्बरमा पर्छ भारतको हार र बंगलादेशको उपाधि। किनभने पाँच संस्करणसम्म लगातार साफको उपाधि जित्दा भारतले कुनै खेलमा पनि हार बेहोरेन। २५ खेलसम्मको अपराजित यात्रा २०७९ भदौ २८ गते मंगलबार बंगलादेशले ३-० ले तोडिदिएका थियो।

बंगलादेशसँगको हार एउटा खराब खेल मात्र थियो कि? भन्‍ने प्रश्‍नमा भारतीय टिमका मुख्य प्रशिक्षक सुरेन क्षेत्रीले भने, ‘होइन, हामीले नै धेरै खराब खेल्यौँ। हाम्रा खेलाडीमा गोलको भोक देखिएन। ठूला इन्डिभिज्युल इरर गर्‍यौं।’

त्यसो त भारतका मुख्य खेलाडीहरु नै अहिले टिममा छैनन्। भारतले साफअन्तर्गतका टिमहरुलाई जहिल्यै पनि कमजोर सोच्दै आएको छ। र, उसले नेपाल बंगलादेशविरुद्ध खेल्नका लागि जोखेर टिम पठाउने गरेको छ। प्रशिक्षक सुरेन यस्ता कुरा अस्वीकार गर्छन्, ‘होइन, हामी बंगलादेश लगायत अरु टिमलाई सम्मान गरिरहेका हुन्छौं।’

corrent noodles
Metro Mart

भारतको हारसँगै बंगलादेशको पाँच वर्षको मिहनतको जित भएको दिन थियो, त्यो। बंगलादेशका प्रशिक्षक गोलम रब्बानी छोटोनले आफना खेलाडीको कडा मिहनतले सफलता मिलेको बताए। ‘पाँच वर्ष राम्रो मिहनत गरेकाले इतिहास बन्यो। यसले बंगलादेशको महिला फुटबल विकास भइरहेको पुष्टि गर्छ,’ उनले भनेका थिए। साथै उनले त्यो जितपछि बंगलादेशी फुटबलको नयाँ युगको सुरवात भएको पनि बताए।

उपाधि उचाल्दै बंगलादेशी क्याप्टेन सबिना खातुन। 

त्यहि खेलको एउटा छोटो कथा पनि छ- मैदानमा खेलिरहेका सँगै बेन्चका र सब्सिच्युट खेलाडी अन्तिम ‘ह्विसेल’ पर्खिरहेका थिए। सबै खेलाडीले धेरै समयदेखि चाहेको नै यहि थियो कि भारतलाई हराउँ। अनि पाँच-छ वर्षको महनतमा सफलता हात पारौँ। सोचेजस्तै भएको दिन खेलाडी खुसी नहुने कुरै थिएन उनीहरुले दशरथ रंगशालाको हिलो पिचमा जमेरै जितको उत्सव मनाए।

प्रतियोगितामा उत्कृष्ट खेल रह्यो, त्यो जित। अनि नतिजाका हिसाबले ऐतिहासिक र कीर्तिमानी पनि। तर त्यो खेलमा २७९ जनाभन्दा धेरै दर्शक थिएनन्। त्यसको तीन दिनपछि नै नेपालले भारतलाई हराएको हो। ‘लामो समय यस्तै जितको खोजीमा थियौं। साफमै १२ वर्षपछि जित सम्भव भएको छ,’ भारतलाई हराएपछि नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले भने, ‘खेलाडीले सम्भव बनाए।’

भारतका प्रशिक्षक क्षेत्रीले खेलपछि पत्रकारसँग कुरा गर्दै हार स्वीकार गरेको बताए। प्रशिक्षक क्षेत्री अगाडि भन्छन्, ‘राम्रो खेल्दा खेल्दै पनि हार्न पुग्यौँ। अवसरलाई सदुपयोग गर्न सकेनौँ।’

प्रकाशित: Sep 20, 2022| 21:35 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।