शनिबार, वैशाख ६, २०८२

महामारी बन्यो डेंगु, १९ दिनमा २० जनाको मृत्यु

यद्यपि धेरै व्यक्ति परीक्षणको पहुँचमा नरहेको र सरकारले पनि परीक्षणका लागि प्रोत्साहन नगरेका कारण सरकारी तथ्यांकमा देखिएको धेरै नै बढी संक्रमित समुदायमा रहेको आकलन गरिएको छ।
 |  सोमबार, असोज ३, २०७९
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, असोज ३, २०७९

vianetvianet

काठमाडौं- पछिल्लो १९ दिनमा  नेपालमा डेंगु संक्रमणबाट २० जनाको मृत्यु भएको छ। हालसम्म ७५ जिल्लामा पुष्टि भएको डेंगु संक्रमितको संख्या १६ हजार ५८७ जना पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ।

triton college

पछिल्लो १८ दिनमा मात्रै १४ हजार ४०८ जना डेंगुबाट संक्रमित भएका छन्। यद्यपि धेरै व्यक्ति परीक्षणको पहुँचमा नरहेको र सरकारले पनि परीक्षणका लागि प्रोत्साहन नगरेका कारण सरकारी तथ्यांकमा देखिएभन्दा धेरै नै बढी संक्रमित समुदायमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनी बताउँछन्

सरकारी तथा निजी अस्पतालमा डेंगुका बिरामीको चाप बढ्दो छ। अस्पतालले छुट्टै डेंगु फिभर क्लिनिक सञ्चालन गरी उपचार गरिरहेका छन्। असार अन्तिमदेखि डेंगु संक्रमण निरन्तर उकालो लागिरेको छ। जुलाई महिनासम्म ७ सय  जनामा मात्र डेंगु संक्रमण पुष्टि भएको थियो। सेप्टेम्बर महिनाको १८ दिनमा मात्रै १४ हजार ४०७ जनामा डेंगु पुष्टि भएको छ। 

महाशाखाको तथ्यांक अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा डेंगुका संक्रमित फेला परेका छन्। बागमतीमा १२ हजार ४०१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। त्यस्तै लुम्बिनीमा २ हजार ४२२, प्रदेश १ मा ५०४, सुदूरपश्चिममा ४९३, गण्डकीमा ३२२, मधेश प्रदेशमा २४२ र  कर्णाली प्रदेशमा २०३ जनामा डेंगु पुष्टि भएको छ।

प्रकाशित: Sep 19, 2022| 20:56 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्