बुधबार, असोज ७, २०८३

इटहरीमा मोटोकर्पको शाखा विस्तार

इटालियन डिजाइन र प्रविधिमा निर्मित टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटर विश्वका विभिन्न देशमा बिक्री–वितरण हुँदै आएका छन्।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं– एसजी ग्रुपअन्तर्गत ओम मोटोकर्प प्रालिले इटालियन डिजाइनमा निर्मित टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको काठमाडौं र हेटौंडापछि पूर्वाञ्चलको इटहरीमा थप शाखा सोरुम विस्तार गरेको छ। कम्पनीका एमडी सुदीप घिमिरेले विश्वकर्मा पूजा अवसरमा उक्त सोरुम उद्घाटन गरेका हुन्।

उच्चतम प्रविधिमा निर्मित टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटर माग पूर्वाञ्चलबाट आएकाले  ग्राहक  चाहना पूरा गर्न सोरुमको विस्तार गरिएको कम्पनीले जनाएको छ। इटालियन डिजाइन र प्रविधिमा निर्मित टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटर विश्वका विभिन्न देशमा बिक्री–वितरण हुँदै आएको कम्पनीले बताएको छ। रेस इडिसनमा निर्मित टारोका बाइक तथा स्कुटर नेपाली युवामाझ लोकप्रिय रहने विश्वास कम्पनीको छ।

हाल कम्पनीले टारो ब्रान्डका जीपी टू २००, जीपी वान २५० र जीपी वान ४०० सिसी गरी गरी तीन मोडलका बाइक नेपाली बजारमा बिक्री गर्दै आएको छ। यस्तै, १५० सिसीका दुई मोडल स्कुटर इमोला १५० र एलेक्स टीनाइन १५० नेपाली बजारमा बिक्री गर्दै आएको छ।

कम्पनीले दसैं–तिहार अफरअन्तर्गत टारो ब्रान्डको इमोला १५० सिसी खरिदमा १५,०००, जीपी टू २०० खरिदमा ३०,००० र जीपी वान २५० खरिदमा २०,००० हजार छुट दिइने बताएको छ।

प्रकाशित: Sep 19, 2022| 17:13 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्