बुधबार, असार ३, २०८३

साइमेक्स इंकले सञ्चालनमा ल्यायो सर्भिस सेन्टर

सर्भिस सेन्टर करिब २७ हजार स्क्वायर फिटमा फैलिएको छ।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९
National life
Shivam cement

काठमाडौं– बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। सर्भिस सेन्टर उद्घाटन नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गरे। बजारमा गाडीको संख्या वृद्धि भएसँगै सुविधासम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ। 

कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ग्राहकलाई उत्कृष्ट सेवा दिन, बढ्दो विद्युतीय सवारीसाधनको माग र समस्या हटाउनु विद्युतीय गाडी बिक्रेताको जिम्मेवारी भएकाले स्टेट अफ आर्ट सर्भिस सेन्टर निर्माण गरिएको बताइन्। सर्भिस सेन्टर करिब २७ हजार स्क्वायर फिटमा फैलिएको छ।

उक्त अवसरमा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले देशभर सर्भिस सेन्टर र चार्जिङ नेटवर्कको विस्तार हुन सके मात्रै सबै उपभोक्ताको विद्युतीय साधनमा पहुँच पुग्न सक्ने बताए। अहिले ६ वटा वे निर्माण गरेर सञ्चालनमा ल्याइएको यो सर्भिस सेन्टरमा ४ वटा वे पछि थप्न मिल्ने गरी संरचना तयार गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: Sep 19, 2022| 12:07 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्