बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साउनमा मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या ३ लाख ३६ हजारले बढे

साउनमा मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या ३ लाख ३६ हजारले बढे

असार मसान्तसम्म कुल मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ८३ लाख ७ हजार २५५ रहेकामा साउन मसान्तसम्म बढेर १ करोड ८६ लाख ४३ हजार ८३४ पुगेको हो।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९
National life
Shivam cement

काठमाडौं– साउनमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ लाख ३६ हजारले बढेको राष्ट्र बैंकले तथ्यांक सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार अघिल्लो महिना अर्थात् असार मसान्तसम्म कुल मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ८३ लाख ७ हजार २५५ रहेकामा साउन मसान्तसम्म  बढेर १ करोड ८६ लाख ४३ हजार ८३४ पुगेको हो। 

साउनमा मात्रै कुल १ खर्ब ५२ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ। यस्तै, समीक्षा अवधिमा भुक्तानीप्रदायक वालेट प्रयोगकर्ताको संख्या १ करोड ४० लाख ९४ हजार, डेबिट कार्ड प्रयोगकर्ता १ करोड १० लाख ८० हजार, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ६ हजार ८६९, कनेक्स आईपीएस प्रयोगकर्ताको संख्या ९ लाख १७ हजार ५४३ र अन्य डिजिटल भुक्तानीका साधनको प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकले बताएको छ।

प्रकाशित: Sep 19, 2022| 11:34 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्