बुधबार, असोज ७, २०८३

सुजुकीले ल्यायो ‘पर्वोत्सव’ ग्राहक योजना

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङस्‌को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैंतिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङस्‌को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले  दसैंतिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ।

यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको सवारी बीमा र स्क्राच कार्डमार्फत् एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सक्ने छन्। यो योजना सीमित अवधिका लागि भएको कम्पनीले जनाएको छ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलका कारबमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन्। सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, स्विफ्ट, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी लगायत मोडेलका गाडी बिक्री वितरण गर्दै आएको छ।


प्रकाशित: Sep 18, 2022| 18:37 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्