बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सानिमा बैंकका ग्राहकले थप २० वटा मर्चेन्टमा छुट पाउने

सानिमा बैंकका ग्राहकले थप २० वटा मर्चेन्टमा छुट पाउने

सानिमा बैंकले थप २० वटा मर्चेन्टहरूसँग छुटको व्यवस्था गरेको छ। ग्राहकहरूलाई डिजिटल बैंकिङको माध्यम प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न उक्त व्यवस्था गरेको बैंकले बताएको छ।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- सानिमा बैंकले थप २० वटा मर्चेन्टहरूसँग छुटको व्यवस्था गरेको छ।  ग्राहकहरूलाई डिजिटल बैंकिङको माध्यम प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न उक्त व्यवस्था गरेको बैंकले बताएको छ।

National life

उक्त व्यवस्था अन्तर्गत बैंकको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरूको वस्तु/सेवाहरूको खरिदमा विशेष छुट पाउने भएका छन्।

बैंकले बाजेको केक, जुलिस केक एण्ड पेस्ट्रीज, कान्तिपुर कफी, कुण्डलिनी आयुर्वेद, बागडोल पोलिक्लिनिक, नीता पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर, स्टाइल हन्ट, बेन्ड द ट्रेन्ड, रिभाइब वेलनेस, बल्थली माउन्टेन रिसोर्ट, होटल यात्री, होटल द किंग्सबरी, दरबार ज्वेल्र्स, लारिसा फार्मेसी, डियो गार्डेन रेस्टुरेन्ट, द स्ट्रिट, रोयल लाउन्ज एण्ड बार, आरआर फेसन वेयर, वीकेन्ड र न्यानो कलेक्शन गरी २० वटा विभिन्न मर्चेन्टहरूसँग १० देखि ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको हो। 

बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।  बैंकको देशको सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम सञ्चालनमा रहेका छन्। 


प्रकाशित: Sep 18, 2022| 18:35 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्