बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकको चाडपर्व लक्षित आवास कर्जा योजना सार्वजनिक

नबिल बैंकको चाडपर्व लक्षित आवास कर्जा योजना सार्वजनिक

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले 'दशैं तिहार घर कर्जा धमाका' नामक आवास कर्जा योजना ल्याएको छ।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले 'दशैं तिहार घर कर्जा धमाका' नामक आवास कर्जा योजना ल्याएको छ। यस योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको हो। 

यस आवास कर्जा घर खरिद, घर निर्माण, तल्ला थप, रङ रोगनका लागि उपलब्ध गरिएको बैंकले बताएको छ। बैंकका अनुसार पहिलो घर खरिदकर्ताका लागि घरको मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशतसम्म कर्जाको व्यवस्था गरिएको छ।

३५ वर्ष सम्मको कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि नबिल बैंकले प्रदान गरेको बताइएको छ। यो योजना सीमित अवधिका लागि ल्याइएको पनि बैंकले जनाएको छ।

प्रकाशित: Sep 18, 2022| 18:19 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्