बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेगवे नेपालले सार्वजनिक गर्‍यो दसैं–तिहार लक्षित अफर

सेगवे नेपालले सार्वजनिक गर्‍यो दसैं–तिहार लक्षित अफर

नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आइहवले आगामी दशैं–तिहार र छठ पर्वको अवसरमा ग्राहकहरूलाई आकर्षक छुट र पुरस्कारहरू उपलब्ध गराएको छ।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आइहवले आगामी दशैं–तिहार र छठ पर्वको अवसरमा ग्राहकहरूलाई आकर्षक छुट र पुरस्कारहरू उपलब्ध गराएको छ।

'यो दशैं–तिहार सेगवेको साथ उपहार ७' नामक यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि लागु हुने कम्पनीले बताएको छ। यस अफरमा ग्राहकहरूले कुनै पनि सेगवेको अमाजफिट ब्राण्ड ५ वा अमाजफिट नेओ ब्राण्डको खरिदमा १० हजार नगद छुट पाउनेछन्।  

यसका साथै, निःशुल्क बीमा र सडक कर पनि समावेश रहेको बताइएको छ। साथै, ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन्। 

लक्की ड्र मार्फत २ जनाले कक स्कुटर (एफ ४००), २ जनाले स्मार्ट फोन र ५ जनाले अमाजफिट जिटिएस २ स्मार्ट घडी जित्नेछन्। साथै, एक्सचेन्ज सुविधा, निःशुल्क एममसि र इएमआईको सुविधा पनि रहेको बताइएको छ। 

यसको शोरुम काठमाडौं स्थित राइजिङ मलमा रहेको छ। 


प्रकाशित: Sep 18, 2022| 18:18 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्