बुधबार, असार ३, २०८३

सामसङको दसैं–तिहार लक्षित योजना सार्वजनिक

सामसङले दसैं–तिहार लक्षित 'उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको' योजना सार्वजनिक गरेको छ।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- सामसङले दसैं–तिहार लक्षित 'उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको' योजना सार्वजनिक गरेको छ।  जसअन्तर्गत निःशुल्क इन्स्टलेसनलगायतका आफूले छनोट गरिएका उत्पादनहरूको खरिदमा ३० प्रतिशतसम्म क्यासब्याकको अफर उपलब्ध हुनेछ।

National life

सो अफर असोज १ गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुने कम्पनीले बताएको छ। यो अफर सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागू हुनेछ।  ग्राहकले सामसङको प्रिमियम रेन्जका टिभीमध्ये एउटा अपग्रेड गरेमा निःशुल्क साउन्डबारसहित खरिदमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

यस्तै, सामसङको रेफ्रिजरेटर खरिद गर्दा २५ प्रतिशतसम्म र ब्रान्ड न्यू सामसङ वासिङ मेसिन खरिद गर्दा २२ प्रतिशत छुट प्राप्त गर्न सकिने बताइएको छ। प्रिमियम रेन्जका टेलिभिजन सेटहरूमा सामसङ क्रिस्टल फोर के युएचडी टिभीहरू छन्। जुन पावरफुल फोर के एचडी डिस्प्लेमा लाइफ लाइक बिलियन ट्रु कलरहरूको लागि परिचित छ। 

७५ इन्च वा सोभन्दा माथिको क्रिस्टल फोर के युएचडी टिभी खरिद गर्दा १५ प्रतिशतसम्मको क्यासब्याकको साथ निःशुल्क साउन्डबार पाउन सकिने छ।  सामसङ फ्रेम टिभीहरू टेस्टफुल्ली डिजाइन गरिएको टिभी हो जसले बेजेल विकल्पहरूको रेन्जका साथ आफ्नै शैलीको रंगिन टेलिभिजन डिजाइन प्रदान गर्छ। 

यो मोडेलको टिभीमा पनि निःशुल्क साउन्डबारको साथमा १८ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने छ। १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजीको कलर भोल्युम रहेको क्युएलइडी टिभिहरूको प्रत्येक मोडेलमा निःशुल्क साउन्डबारको साथमा १९ प्रतिशतसम्मको छुट पाउन सकिन्छ।

Shivam cement

फाइभइनवन कन्भर्टिबल ३४५ लिटर क्षमताका मोडेलहरूदेखि ५५१ लिटरसम्म क्षमताका मोडेलहरूमा रेफ्रिजरेटर लाइनअपको कुनै पनि रेन्जको खरिदमा २५ प्रतिशतसम्मको क्यासब्याक ग्यारेन्टीको साथ पाइने कम्पनीले बताएको छ। ५७९ लिटर क्षमता भएको फ्रेन्च डोर रेफ्रिजरेटर पनि २१ प्रतिशत छुटमा उपलब्ध छ। यो रेफ्रिजरेटर यसको इनोभेटिभ कन्भर्टिबल फ्रेन्च डोरका लागि परिचित छ।

एआइइको बबलवासर ड्रायरको ८ केजी तथा १२ केजी भेरियन्टमा २० प्रतिशतसम्मको क्यासब्याक ग्यारेन्टीसहित उपलब्ध छ। साथै ८ केजी तथा ९ केजी क्षमताको हाइजीन स्टीमको साथ आउने फ्रन्ट लोडमा २२ प्रतिशतसम्म छुट पाउन सकिने जनाइएको छ।

कम्पनीले टिभिमा १ वर्ष वारेन्टी  दिइएको छ। डिआइटी कम्प्रेसर (रेफ्रिजेरेटर) र एसिमा १० वर्ष, डिआइटी मोटर (वासिङ मेसिन) मा १० वर्षको वारेन्टी  दिएको छ।

प्रकाशित: Sep 18, 2022| 18:18 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्