काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’बाट भुक्तानी गर्दा ग्राहकले आइफोन जित्ने अवसर पाउने भएका छन्। बैंकले ग्लोबल स्मार्ट प्लस क्यूआर स्क्यान गरी भुक्तानी गर्ने दुई जना प्रयोगकर्तालाई आइफोन–१३ प्रदान गर्ने भएको हो।
अभियानअन्तर्गत असोज महिनाभर ५०० रुपैयाँ वा सोभन्दा बढीको क्यूआरमार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्नेछ।