शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २० प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनाको आयात धान्ने सञ्चिति

२० प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनाको आयात धान्ने सञ्चिति

अघिल्लो वर्षको सोही अवधिमा नेपालमा भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- साउनमा मात्र ९२ अर्ब २१ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ। यो गत वर्ष साउन महिनाको तुलनामा २०.३ प्रतिशतले बढी भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा नेपालमा भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो।

गत २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको छ। आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

प्रकाशित: Sep 15, 2022| 18:35 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्