काठमाडौं- आइएनजी ग्रुपको आयोजनामा ‘पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९’ सम्पन्न भएको छ। उक्त टोर्नामेन्टमा आइएनजी ग्रुपअन्तर्गत रहेको विभिन्न ७ वटा कम्पनीबाट ४१ वटा टोलीको सहभागिता थियो।
प्रतियोगितामा सहभागी कुल ४१ टोलीमध्ये ३१ पुरुष टोली र बाँकी १० महिला टोली थिए। आइएनजी फुटसल प्रतियोगिता९२०७९ को ग्रान्ड फिनाले महाराजगंजस्थित डुकु फुटसल हबमा सम्पन्न गरिएको हो।
प्रतियोगिताको फाइनलमा पुरुष टोलीमा हेराल्ड कलेजको ‘टिम हेराल्ड’ र आइएनजी स्किलको ‘टिम स्किल’ बीच प्रतिस्पर्धा थियो। मंगलबार भएको फाइनलमा हेराल्ड कलेजले आइएनजी स्किल लाई पराजित गर्दै उपाधि हात पारेको छ।
त्यस्तै, महिला टोलीतर्फ इस्लिङ्टन कलेजबाट ‘देवीको टिम’ र आइएनजी स्किलबाट ‘स्किल महिला टिम’ फाइनलमा खेलेका थिए। खेलमा इस्लिङ्टन कलेजले आइएनजी स्किललाई पराजित गर्दै उपाधि हात पारेको हो।
आइएनजी ग्रुपले विजेता टोली हेराल्ड कलेज र इस्लिङ्टन कलेजलाई सम्मान पत्र, पदक र ट्रफीसँगै एक९एक लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ।
भान्सामा कार्यरत कर्मचारीदेखि सफ्टवेयर इन्जिनियर टिम, शैक्षिक टोलीहरूको पनि सहभागिता थियो।