शनिबार, वैशाख १५, २०८१

बंगालादेशी फुटबलरको ५ वर्षको मेहनतले सफलता चुमेको दिन

‘यो बंगलादेशको महिला फुटबलमा नयाँ युगको सुरुआत पनि भएको छ। बेन्चका र सब्स्टिच्युट भएका खेलाडी पनि अन्तिम ह्विसेल पर्खिरहेका थिए। सबै खेलाडीले धेरै समयदेखि चाहेको नै यहि थियो। अनि पाँच-छ वर्षको मेहेनेतमा सफलता हात पार्दा त हामी खुसी नहुने कुरै थिएन नि,’ छोटोनले भने।
 |  बुधबार, भदौ २९, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, भदौ २९, २०७९

काठमाडौं- दशरथ रंगशालामा मंगलबार भारत र बंगलादेशको महिला टिमले फुटबल खेल्दा २७९ जनाभन्दा धेरै दर्शक थिएनन्। तर, प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेल यही रह्यो। अनि नतिजाका हिसाबले ऐतिहासिक र कीर्तिमानी पनि।

triton college

भारतविरुद्ध ३–० को जित बंगलादेशको लागि तीन कुराले महत्वपूर्ण रह्‍यो। पहिलो, बंगलादेशले भारतविरुद्ध अहिलेसम्मकै उत्कृष्ट (पहिलो जित) नतिजा निकाल्यो। दोस्रो, समूह ए को विजेता बन्यो र तेस्रो, सेमिफाइनलमा सहज प्रतिद्वन्दी भुटान पायो। त्योभन्दा ऐतिहासिक कुरा साफमा भारतले पहिलो हार बेहोर्‍यो।

खेलमा बेस्ट प्लेयर बनेकी कृष्णरानीले धेरै समयदेखि यो नजिताको पर्खाइमा रहेको बताएकी छन्। उनले भनिन्, ‘लामो समयसम्म हामी भारतलाई हराएर इतिहास बनाउन चहान्थ्यौँ। त्यो आज पूरा भएको छ। यसले बंगलादेशलाई खुसी बनाउनेछ।’

भारतका प्रशिक्षक सुरेन कुमार क्षेत्रीले बंगलादेशलाई बधाई दिँदै विपक्षीमा देखिएको ‘जितको भोक’को तारिफ गरेका छन्। यो एक खराब दिन मात्र थियो कि? भन्ने प्रश्नमा सुरेनले भने, ‘होइन, हामीले नै धेरै खराब खेल्यौँ। हाम्रा खेलाडीमा गोलको भोक नै देखिएन। हामीले केही ठूला इन्डिभिज्युल इरर गर्‍यौं र गोल खाएको हो।’

काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेलको पहिलो मिनेटबाटै दुवै टिमले आक्रामक सुरुआत गरेका थिए। बंगलादेशले आक्रमणको लय खेलभरी कायम राख्दै ३–० को जित निकाल्यो। 

corrent noodles
Metro Mart

महिला फुटबलको इतिहासमा आजसम्म नेपाललाई जित्‍न नसकेको बंगलादेशले पहिलो हाफमै भारतविरुद्ध दुई गोल गर्‍यो। भारतका डिफेन्डर मनिष पन्‍ना, जुली किसन, लोइटोङबम आशालता देवीलाई दुवै क्षणमा बंगलादेशी फरवार्डले चल्न दिएनन्। अनि प्रशिक्षक सुरेन कुमार क्षेत्रीले जुली किसनलाई परिवर्तन गरेका थिए। अनि मार्गरेट कास्टाना मैदान प्रवेश गरेकी थिइन्।

‘जुलि जुनियर खेलाडी भएकाले उनलाई सुरुआति ११ मा बानी पार्न सुरुमा ल्याएको तर पहिलो हाफमै सब्स्टिच्युट गर्नुपर्‍यो। उनले केही गल्ती गरेकी थिइन्। त्यसले उनलाई नर्भस गराएको थियो। त्यो नबढोस् भनेर सब्सिच्युट गरेको हो,’ खेलपछि भारतीय प्रशिक्षक क्षेत्रीले भने।

पहिलो हाफभरी भारतीय फरवार्ड भने निरिह रहे। उनीहरुले बंगलादेशको पोस्टमा एउटा पनि गतिलो प्रहार गर्न सकेनन्। त्यसो त भारतका मूख्य खेलाडीहरु नै अहिले टिममा छैनन्। भारतले साफअन्तर्गतका टिमहरुलाई जहिल्यै पनि कमजोर सोच्दै आएको छ। र, उनले नेपाल बंगलादेशविरुद्ध खेल्नका  लागि जोखेर टिम पठाउने गरेको छ।

तर, प्रशिक्षक सुरेन चाहिँ यो कुरा अस्वीकार गर्छन्। उनी भन्छन्, ‘होइन, हामी बंगलादेश लगायत अरु टिमलाई सम्मान गरिरहेका हुन्छौं। उनीहरु पूरा इनर्जीका साथ खेलिरहेका थिए। यो टिम इरर थियो। म यसको जिम्मेवारी लिन्छु। हामी अरु टिमका लागि हम्बल नै हुन्छौं।’

महिला साफ खेल्‍ने भारतीय टिमका खेलाडीहरु। 

खेलको १०औं मिनेटमै स्रिमोटी कृष्णरानी सरकारको पासमा जाना स्वप्नाले गोल गरिन्। भारतलाई अट्याकिङ फुटबलबाट केही ब्याक भएर डिफेन्सिभ खेल्न यो गोल काफी रह्यो। अनि २१ औं मिनेटमा स्वप्नको पासमा कृष्णरानीले गोल गरेपछि त भारत दबाबमै आयो। यद्यपि बंगलादेशले आट्याकिङ थर्डमा आफ्नो पहुँच कायम राख्यो। २३ औं मिनेटमा बायाँ कुनाबाट बंगलादेशले गरेको प्रहार गोलकिपर अदिती चौहानले नियन्त्रणमा लिइन्।

बंगलादेशका प्रशिक्षक गोलम रब्बानी छोटोनले भने, ‘हाम्रा खेलाडीले लामो समयबाट कडा मेनेहेत गरिरहेका छन्। उनीहरुले पाँच वर्ष राम्रो मेहेनेत गरे। त्यसैले आज इतिहास बन्यो। यसले बंगलादेशको महिला फुटबल इम्प्रभ भइरहेको छ र नयाँ केही देखिएको पुष्टि गर्छ।’

पहिलो हाफको स्टपेज समयमा कप्तान सविना खातुनको प्रहारलाई भारतीय सुटस्टपर चौहानले बचाएकी थिइन्। पहिलो हाफभरी बंगलादेशले भारतका डिफेन्डरलाई दबाब दिइरह्यो। यता भारतले भने पाएका केहि अवसरलाई पनि सदुपयोग गर्न सकेन।

दोस्रो हाफको ५३ औं मिनेटमा बंगलादेशले अर्को गोल गर्‍यो। सविनाले २५ यार्डबाट दिएको पासमा पेनाल्टी बक्सभित्र रहेकी स्वप्नाले गोल गरेकी थिइन्। गोलकिपर चौहानले डाइभ गर्दै बचाउको प्रयास गरे पनि उनको हातमा लाग्दै सेकेन्ड बार नजिकैबाट बल पोस्टभित्र छिरेको थियो।

यसँगै बंगलादेशले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको हो। ‘मलाई यो विश्वास पनि थियो। पाकिस्तान र माल्दिभ्सको खेल हेरेर हामीले धेरै गर्नसक्छौं भन्‍ने लागेको हो,’ छोटोनले भने, ‘हामीले यस्तै नतिजाको आशा गरेको हो।’

दोस्रो हाफमा भारतले मिडफिल्ड र फरवार्डका एक-एक जना परिवर्तन गरेको थियो। परिवतर्न गरेको अर्को मिनेटमै भारतले बंगलादेशको पोस्टमा शक्तिशाली प्रहार त गर्‍यो तर गोलकिपर रुपना चक्माले मैदानतिरै बल फर्काइदिइन्।

यता बंगलादेशकी सेन्टर फरवार्ड कृष्णरानीले थप केही अवसर पाए पनि फाइनल टचमा चुकेपछि गोल हुनसकेन्। ६१ औं मिनेटमा आशालता देवीले फ्रि किकमा गरेको प्रहार पोस्टको फ्रेममा परे पनि गोलकिपरले दुवै हातले नियन्त्रणमा लिइन्।

एक गोल गरेकी स्वप्नको स्थानमा ६५ औं मिनेटमा रितु पोर्ना चक्मा मौदानमा आएकी थिइन्। रितु त्यहि खेलाडी हुन्, जो अघिल्लो वर्ष यू १९ साफमा सवोत्कृष्ट खेलाडी बनेकी थिइन्। उनी आएको केही समय भने बंगाली फरवार्ड चल्न सकेनन् र भारत हाबी भएको थियो। तर, ६७ औं मिनेटमा गोलकिपर बिट गरिसकेको अवस्थामा पनि भारतले गोल गर्न चाहीँ सकेन।

बंगलादेशी प्रशिक्षक छोटोनले ८३ औं मिनेटमा कृष्णरानीको ठाउँमा सजिदा खातुनलाई मैदानमा छिराएका थिए। खातुनसँग सहज देखिएकी रितुले ८४ औं मिनेटमा संघर्षपूर्ण आक्रमण त गरिन् तर त्यसलाई गोलकिपर चौहानले नियन्त्रणमा लिइन्। खेल सकिएको जनाउ पर्खिरहेका बंगलादेशका बाँकी खेलाडी रेफ्री ओम चोकीले सिटी फुक्नेबित्तिकै मैदान छिरेका थिए।

उनीहरुको हाउभाउमा ठूलो खुसी छल्किन्थ्यो। ‘यो बंगलादेशको महिला फुटबलमा नयाँ युगको सुरुआत पनि भएको छ। बेन्चका र सब्स्टिच्युट भएका खेलाडी पनि अन्तिम ह्विसेल पर्खिरहेका थिए। सबै खेलाडीले धेरै समयदेखि चाहेको नै यहि थियो। अनि पाँच-छ वर्षको मेहेनेतमा सफलता हात पार्दा त हामी खुसी नहुने कुरै थिएन नि,’ छोटोनले भने।

यससँगै अब दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतसँगको भेट पक्का गरेको छ भने पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानको सामना गर्नेछ। भारतको प्रशिक्षक सुरेन अब अझै राम्रो भएर मैदान फर्किने बताउँछन्। ‘हामी अझै पनि रेसमा छौं। हामीले धेरै कुरामा सुधार पनि गर्नुपर्ने हुन्छ। नेपालले पनि राम्रो गरिरहेको छ। हामीले अब सेमिफाइनलमा नेपालको समना गर्नेछौं। हामी सेमिफाइनलका लागि अझै राम्रो तयार रहेका छौं,’ उनले भने।

भारतले सेमिफाइनल खेल नेपालको होममा खेल्दा उसलाई घरेलु समर्थकको दबाब हुनेछ। त्यसको हेक्का प्रशिक्षक सुरेनलाई पनि छ। उनी भन्छन्, ‘सेमिफाइनलमा हामी नेपालको होममा खेलिरहेका छौं। नेपालमा खेल्नका लागि गाह्रो हुन्छ। हामीले विराटनरमा पनि खेलेको हो। त्यो खेलमा नेपालविरुद्ध खेल धेरै दबाबपूर्ण बनेको थियो। त्यो अनुभव पनि हामीसँग छ।

प्रकाशित: Sep 14, 2022| 06:05 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।