शुक्रबार, जेठ १, २०८३

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रजापति

यही भदौ २४ र २५ गते सम्पन्न भएको महाधिवेशनअन्तर्गत भएको मतदानको आइतबार साँझ घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार उनले एक हजार छ सय १३ मत प्राप्त गरे।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

पोखरा- पोखराको जेठो सामाजिक संस्था  पोखरा उद्योग वाणिज्य सङ्घको ३४औँ महाधिवेशनबाट अध्यक्ष पदमा पवनकुमार प्रजापति विजयी भएका हुन्।

National life

यही भदौ २४ र २५ गते सम्पन्न भएको महाधिवेशनअन्तर्गत भएको मतदानको आइतबार साँझ घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार उनले एक हजार छ सय १३ मत प्राप्त गरे। नवनिर्वाचित प्रजापति यसअघि सङ्घको वरिष्ठ उपाध्यक्ष थिए।

यसैगरी वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योगतर्फको उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य र महासचिवमा बलराम आचार्य विजयी भए। 

त्यसैगरी कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला, उपमहासचिवमा शोभा गौतम र सदस्यमा प्रभा सुवेदी, बालकृष्ण  कोइराला, सुदीप प्रधानाङ्ग, दिलीपकुमार श्रेष्ठ, भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी भएका छन्।

 वस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, लेखनाथ सुवेदी र लीलाधर चापागाईँ विजयी भएका छन्।


प्रकाशित: Sep 12, 2022| 07:25 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।