शनिबार, असोज १०, २०८३

दुई लाखभन्दा बढी श्रीलंकालीहरू वैदेशिक रोजगारीमा

सन् २०२२ को सुरुदेखि हालसम्म २ लाखभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीमा गएको बताइएको छ। श्रीलंकाका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सो आँकडा सार्वजनिक गरेका हुन्।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

कोलम्बो- सन् २०२२ को सुरुदेखि हालसम्म २ लाखभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीमा गएको बताइएको छ।  श्रीलंकाका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सो आँकडा सार्वजनिक गरेका हुन्।

श्रीलंका वैदेशिक रोजगार ब्युरोमा दर्ता भएका व्यक्तिहरूको सङ्ख्या यो भए पनि कतिपय दर्ता नभइकन विदेशिएका हुन सक्ने उनको अनुमान छ।

श्रीलङ्कामा वैदेशिक रोजगारीबाट पठाइएको रेमिट्यान्स अगस्टमा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको मन्त्रीले  जानकारी दिएका छन्। जुलाईको तुलनामा यो रकम १६.४ प्रतिशतले बढेको हो। यस वर्षको अन्त्यसम्ममा करिब  तीन लाख ३३ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रीलङ्का छोड्ने अनुमान गरिएको छ।

मुलुकमा विदेशी मुद्राको अभाव भइरहेका बेला बैंकिङ प्रणालीमार्फत पैसा पठाउने श्रमिकप्रति मन्त्रीले कृतज्ञता समेत व्यक्त गरेका छन्।

प्रकाशित: Sep 12, 2022| 00:15 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।