बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ट्‍विन टावर आक्रमणको २१ औं वर्ष : राष्ट्रपति बाइडेनद्वारा मृतकप्रति सम्मान व्यक्त

ट्‍विन टावर आक्रमणको २१ औं वर्ष : राष्ट्रपति बाइडेनद्वारा मृतकप्रति सम्मान व्यक्त

अमेरिकी राष्ट्रपति जो बाइडनले पेन्टागन र न्यूयोर्कको भ्रमण गरी विमान अपहरण गरी अमेरिकी दुई व्यापारिक भवन (ट्विन टावर) ध्वस्त पार्दा मारिएका करिब तीन हजार व्यक्तिलाई सम्मान गरेका छन्।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

बाइडेन- अमेरिकी राष्ट्रपति जो बाइडनले पेन्टागन र न्यूयोर्कको भ्रमण गरी विमान अपहरण गरी अमेरिकी दुई व्यापारिक भवन (ट्विन टावर) ध्वस्त पार्दा मारिएका करिब तीन हजार व्यक्तिलाई सम्मान गरेका छन्। 

उक्त क्रुर आक्रमणमा मारिएका मृतकका आफन्तहरू, प्रहरी अधिकारीहरू, अग्निनियन्त्रकहरू र शहरका नेताहरू लोअर म्यानहट्टनको राष्ट्रिय सेप्टेम्बर ११ स्मारकमा भेला भई मृत्यु भएकाहरूको नाम ठूलो स्वरमा उच्चारण गरी उनीहरूको सम्झना गरेका छन्। 

उनीहरूले मृतकको सम्मानमा अमेरिकी समय अनुसार बिहान ८ः४६ र ९ः०३ बजे मौन धारण गरेका छन्। यही समयमा यात्रुबहाक विमानलाई अपहरण गरी अपहरणकारी अलकायदा समूहले वल्र्ड ट्रेड सेन्टरको नर्थ र साउथ टावरहरूमा आक्रमण गरेका थिए।

आइतबार अमेरिकी राष्ट्रपति पेन्टागनस्थित रक्षा विभागको मुख्यालयको रूपमा रहेको विशाल भवनमा विमान खसालेको स्थानमा पुगी मृतकको सम्झना एवं सम्मान गर्नुभएको थियो। 

'२१ वर्षपछि हामी ग्राउन्ड जिरो, पेन्सिलभेनियाको स्यान्क्सभिल र पेन्टागनमा हामीबाट चोरी भएका सबै अमूल्य जीवनको सम्झनालाई जीवित राखेका छौं,’ बाइडेनले ट्वीटरमा लेखेका छन्। मृतकका परिवार र प्रियजनहरूले अझै पनि पीडा महसुस गरिरहेको बताउँदै दुःखको यस घडीमा आफ्नी पत्नी जिल र अमेरिकी राष्ट्रपतिका रूपमा आफू (बाइडेन) उहाँहरूको साथमा रहने ऐक्यवद्धता व्यक्त गरेका छन्।अलकायदाले चारवटा विमान अपहरण गरेको थियो। तेस्रो पेन्टागनमा र चौथो फ्लाइट ९३ पेन्सिलभेनियाको एक खेतमा दुर्घटनाग्रस्त भएको थियो।

kumari

उपराष्ट्रपति कमला ह्यारिस, होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयरकास र मेयर एरिक एडम्स न्यूयोर्कमा आयोजित समारोहमा सहभागी भएका थिए, जहाँ आफन्तहरूले एकअर्कालाई अँगालो हालेका थिए, स्मारकमा फूल चढाएका थिए र मृतकका नाम अङ्कित प्लेकार्ड बोकेका थिए वा आफ्ना हराएका प्रियजनहरूको तस्वीर अङ्कित पहिरन लगाएका थिए।

मृतकमध्ये एक जोन लेस्ली अल्बर्टका छोराले आफ्ना पितासहित थुप्रै पीडितको नाम पढेपछि भने, 'समय  बित्दै जाँदा दुःख केही कम हुँदै गए तापनि मेरो बुबाको स्थायी अनुपस्थिति पहिलेजस्तै स्पष्ट छ।' नाटोका महासचिव जेन्स स्टोलटेनबर्ग र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेप्टेम्बर ११ लाई अमेरिका र विश्वका लागि ‘सबैभन्दा दुःखद दिन’ भनेका छन्।

'हरेक दिन क्षेप्यास्त्र आक्रमणको सामना गरिरहेको युक्रेनलाई आतङ्कवाद भनेको के हो भन्ने राम्ररी थाहा छ र अमेरिकी जनताप्रति सहानुभूति राख्छ,' जेलेन्स्कीले ट्वीटरमा लेख्नुभएको छ।


प्रकाशित: Sep 11, 2022| 23:50 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।