सोमबार, वैशाख ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्‍वेत भैरवको मुखबाट जाँडको धारा, तँछाडमछाड गर्दै महिला [तस्बिर]

श्‍वेत भैरवको मुखबाट जाँडको धारा, तँछाडमछाड गर्दै महिला [तस्बिर]

यो मूर्तिलाई इन्द्रजात्रामा मात्रै सार्वजनिक प्रदर्शन गरिन्छ। अरु बेला भने स-सानो प्वाल भएको काठको ढोकाले छोपेर राखिन्छ। यो देवताको मूर्तिको मुखबाट इन्द्रजात्राका आठै दिन जाँडको प्रसाद मुखबाट निकालिएको पाइपबाट बगाएर बाँडिन्छ।
 |  आइतबार, भदौ २६, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, भदौ २६, २०७९

काठमाडौं- उपत्यकामा उल्लासका साथ एक साता मनाइने इन्द्रजात्राको अवसरमा हनुमानढोकामा रहेको हाथुद्यः (श्वेत भैरव) को मुखबाट निस्कने प्रसाद (जाँड) र समयबजी महिलालाई खुवाइएको छ। आइतबार राति प्रसादका लागि ठूलो संख्यामा महिला उपस्थित भएका छन्। 

National life

झण्डै १५ फिट अग्लो अनुहारमात्रै भएको हाथु द्यःलाई नेपालकै सबैभन्दा अनुहार ठूलो भएको देउताको मूर्तिका रुपमा पनि लिइन्छ। खासमा यो सेतो पत्थरले बनेको मूर्ति हो। अहिले भने यसलाई सुनले मोडिएको छ। राजा रणबहादुर शाहले यो मूर्तिमा सुनले मोड्‌न लगाएका हुन्। ध्यानले हेर्ने हो भने यसको भित्र रहेको पत्थरको मूर्ति देख्न सकिन्छ।

यो मूर्तिलाई इन्द्रजात्रामा मात्रै सार्वजनिक प्रदर्शन गरिन्छ। अरु बेला भने स-सानो प्वाल भएको काठको ढोकाले छोपेर राखिन्छ। यो देवताको मूर्तिको मुखबाट इन्द्रजात्राका आठै दिन जाँडको प्रसाद मुखबाट निकालिएको पाइपबाट बगाएर बाँडिन्छ। यसलाई नेपालभाषामा हाथु हायेकिगु भनिन्छ। इन्द्रजात्राको पूर्णिमाको भोलिपल्ट महिलामात्रलाई पनि यसमा सहभागी गराइन्छ। 


 

kumari

प्रकाशित: Sep 11, 2022| 22:02 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।