सोमबार, पुस २८, २०८२

जित, क्लिन सिट र एकभन्दा धेरै गोलमा भुटानको कीर्तिमान

‘मलाई लाग्छ हामीले धेरै राम्रो खेलेको हो। हामीले गरेको प्रदर्शनले जित दिलाएको छ। यो जितबाट भुटान नै खुसी हुनेछ,’ खेलपछि बेस्ट प्लेयर बनेकी सुनिता राईले भनेकी छन्।
 |  शुक्रबार, भदौ २४, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं- भुटानको महिला टिम दक्षिण एसियामा सधैँको कमजोर टिम मानिन्थ्यो। सन् २०१० बाट महिला साफ च्याम्पियनसिप सुरु भएयता उसले कहिल्यै कुनै टिमविरुद्ध पनि जित निकाल्न सकेको थिएन। उसले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट नतिजा नै पहिलो संस्करणमा श्रीलंकासँगको बराबरी मात्र हो। तर, शुक्रबार साँझ दशरथ रंगशालामा भुटानलाई ठूलो उपलब्ध हात पर्‍यो। 

National life

सन् २०१० मा बराबरी खेलेको टिमलाई ५-० को जित निकाल्दै साफमा पहिलो जित दर्ता गर्‍यो। भुटानले साफमा खेलेको १७औं खेलमा पहिलो जितका लागि १६ खेल पर्खिनु परेको कुरा सुखद् त होइन्। यो नतिजा ऐतिहासिक भएकाले उसलाई धेरै खुसी बनाएको छ।

‘मलाई लाग्छ हामीले धेरै राम्रो खेलेको हो। हामीले गरेको प्रदर्शनले जित दिलाएको छ। यो जितबाट भुटान नै खुसी हुनेछ,’ खेलपछि बेस्ट प्लेयर बनेकी सुनिता राईले भनेकी छन्।

त्यसो त कुनै समय भारतसँग खेल्दा १८ गोलको सामना गरेको भुटान यो वर्ष भने केही नयाँ गर्ने हुटहुटीका साथ नेपाल आएको थियो। उसले नेपालको आर्मी टिमसँग अभ्यास पनि खेल्यो अनि जित निकाल्यो।

यो वर्ष सानो लक्ष्य लिएर भुटान काठमाडौं आएको थिएन। खेलअघि आयोजित पत्रकार सम्मेलनमा नै भुटानकी सहायक प्रशिक्षक टंकमाया घलेले बताएकी थिइन्। ‘हामी च्याम्पियनसिपको दावेदारीको साथ नेपाल आएको हो। मलाई लाग्छ यो च्याम्पिनसिपले हामीलाई चिनाउने छ,’ उनले भनेकी थिइन्।

Laxmi sunrise bank
kumari
‘मलाई लाग्छ हामीले धेरै राम्रो खेलेको हो। हामीले गरेको प्रदर्शनले जित दिलाएको छ। यो जितबाट भुटान नै खुसी हुनेछ,’ खेलपछि बेस्ट प्लेयर बनेकी सुनिता राईले भनेकी छन्।

आजको पहिलो जितपछि कस्तो लागेको छ त? जवाफमा टंकमाया घलेले भनिन्, ‘हो, मैले यस्तै संकेत गरेको हो। अब पनि हामी जितिरहन चाहन्छौं। यो जित भनेको हाम्रो टिमको लागि खुसीको पल हो। हामी धेरै अवसर पाएर पनि खेर फाल्यौँ।’

त्यसो तर भुटानका सबैजसो खेलाडी विद्यार्थी हुन्। अन्य टिमको तुलनामा उनीहरु युवा नै छन्। भुटानी टिमकी कप्तान घले वाङ्मोले पनि फिफाको कोर्स गरिसकेकी छन्। भुटानी खेलाडी खेलभन्दा पढाइमा विश्वास गर्छन्।

त्यसैले पनि भुटानको फुटबल टिम कमजोर रहँदै आएका छन्। तर श्रीलंकाविरुद्धको खेलमा त्यस्तो रहेन। खेलको सुरुबाटै श्रीलंकाको पोस्ट वरिपरि बल खेलाएको तर ४२औं मिनेटमा मात्र गोल गर्यो। नाम्गेल देमाले गोल गर्दै भुटानलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा भुटान त्यही एक गोलले अघि रह्यो।

प्रकाशित: Sep 09, 2022| 20:55 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।