काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल बसाइ लम्बिएका कारण उनको उडान पनि ‘डिले’ भएको छ।
बिमस्टेक सम्मेलनको समारोह सकिएलगत्तै पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा नेपाल–भारत मैत्री धर्मशालाको उद्घाटनमा कारण मोदीको स्वदेश फर्किने उडान पनि ढिलो भएको हो।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार मोदी स्वदेश फर्कने समय तालिका दुई घण्टा ढिलो भएको छ । उनको स्वदेश फर्कने समय शुक्रबार साढे पाँच बजे तय भएको थियो । अहिले सरेर साढे सात बजे भएको छ।
मोदीको विशेष सुरक्षा र सहजताका लागि सात बजेदेखि नै विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिने भएको छ । स्रोतका अनुसार आधा घण्टा विमानस्थलमा आवतजावत रोकिने भए पनि त्यसको प्रभाव ४५ मिनटभन्दा बढी पर्नेछ।
प्रधानमन्त्री मोदीलाई लिन आएको भारतीय वायुसेवाको ‘आईएफसी–५४’ कलसाइनको विशेष विमान त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४