बिहीबार, असार ३२, २०८३

मोदीले भने, 'नेपालमा राजनीतिक स्थिरता'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक स्थिरताका कारण नेपाल प्रगति पथमा लम्किरहेको बताएका छन्।

‘सबै नेपाली जनताको जीवन मंगल बनाउन भारत हमेशा तपाईंहरूको साथमा छ,’ उनले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध भगवान पशुपतिनाथको कृपाले कायम रहोस्।’

दुई देशबीचको ऐतिहासिक सम्बन्ध अनमोल सम्पति भएको उनले बताए। ‘सबैको सुख र खुशीको चाहना दुवै देशको मान्यता हो,’ मोदीले भने, ‘शोषित पीडित जनताको उत्थान र विकासको चाहना हामी दुवै देशको समान लक्ष्य छ।’

नेपाल–भारत मैत्री पशुपति धर्मशालाका कारण नेपाल र भारतबीचको सम्बन्ध मन मन्दिरमा रहिरहने उनको भनाइ थियो। ‘यो धर्मशाला हाम्रो सम्बन्धको प्रतीक हो।’ पशुपति घुम्न आउने पर्यटकका लागि उक्त धर्मशाला सहयोगी बन्ने विश्वास उनले व्यक्त गरे।

‘नेपाल र भारतबीचको सम्बन्ध विश्वका अन्य कुनै पनि देशको छैन। काठमाडौं र नयाँदिल्लीको मिलन भयो भने सबै नेपाली र हिन्दुस्तानीको ठूलो तागत र शक्ति आर्जन हुनेछ,’ प्रधानमन्त्री मोदीले भने।

सवा करोड भारतीय जनताका तर्फबाट शिवभक्त हुनुको नाताले उक्त धर्मशाला भारत सरकारले निर्माण गरेको मोदीले बताए। पशुपति र कन्याकुमारीको दुई हजार वर्षअघिको सम्बन्ध रहेको उनले बताए। दक्षिण भारतीय नागरिकको पशुपतिनाथप्रति ठूलो आशक्ति रहेको बताए।

भारतीय पर्यटकहरू धौलागिरि, अन्नपूर्ण, सगरमाथासम्म आउने गरेको र त्यही क्रममा शिवभक्तको मुखमा ‘ऊँ नमः शिवाय’ निस्किने गरेको मोदीले बताए।

नेपालको लुम्बिनी भगवान गौतमबुद्धको जन्मस्थल र भारतको कुसीनगर, गयालाई जोड्ने काम भइरहेको उनले बताए। यसबाट विश्वमा देखिएको हिंसा र आतंकलाई शान्तिको मार्गमा हिँडाउन प्रेरणा मिलिरहेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।