बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले पशुपतिबाट मोदीलार्इ दिए लुम्बिनी भ्रमणको निम्तो

ओलीले पशुपतिबाट मोदीलार्इ दिए लुम्बिनी भ्रमणको निम्तो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलार्इ गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न प्रस्ताव गरेका छन्। 

पशुपतिनाथमा नेपाल भारत सहयोगमा निर्माण गरिएको धर्मशालाको संयुक्त उद्घाटनपश्चात बोल्दै प्रधानमन्त्री ओलीले भने, 'गौतम बुद्धको जन्मस्थान, बुद्धिज्म र विश्व शान्ति मुहान लुम्बिनीको भ्रमण गर्न सकेसम्म आव्हान गर्दछु। विश्वास र आशा छ उहाँ आउनु हुनेछ।' यसअघिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ र जनकपुरको भ्रमणबाट गरिसकेका छन्। 

प्रधानमन्त्री ओलीले भारतीय सहयोगमा पशुपतिमा धर्मशाला निर्माण गर्न सफल भएकोमा भारतीय सहयोगको सह्रानासमेत गरे। यसअघिको भ्रमण र देखाएको मित्रताले सम्बन्ध झन प्रगाढ भएको उल्लेख गर्दै ओलीले भने, 'मोदीको कार्यकालमा नै यो चौंथो भ्रमण हो। जसले मित्रताको तीव्रता र आकांक्षालार्इ प्रतिबिम्बित गरेको भन्ने म ठान्छु।'

२६४ हेक्टरभन्दा नफैलिएको विश्व सम्पदा सूचीमा सूचीकृत भएको क्षेत्र पशुपति क्षेत्रको धामिृक, सांस्कृती र पौराणिक महत्व भएको ओलीले उल्लेख गरे। उनले भने, 'भगवान शिवले मृगको रुप धारण गरेर बिहार गरेको ठाउँ। जहाँ पार्वतीको गुह्यस्थान पतन भएको थियो। यसमा हिन्दुहरुको आस्था, विश्वास र सम्मानअवनरत रुपमा प्रकट भइरहेको छ। यस ठाउँले दुर्इ देशको जनता र सरकारबीचको मित्रतालार्इ जोड्ने पुलको रुपमा काम गरेको छ।' 

विश्वबाट आउने पशुपति आउने तिर्थयात्रीहरुमा पनि सबैभन्दा धेरै भारतीय तिर्थयात्री भएको उल्लेख गर्दै भने, 'यो एक पवित्र धार्मीक स्थल हो। बाग्मतीलार्इ यसरी सफा गर्ने जहाँ स्नान गरेर पशुपतिको दर्शन गर्न सकियोस्। यसमा सरकारको विशेष ध्यान छ।' 

ओलीले यो भूभाग चिन्तन, दर्शन, ज्ञान र सभ्यताको उद्गम स्थल भएको बताउँदै भने, 'जतिबेला दुनियाँमा अन्धकार थियो। त्योबेला यहाँ ज्ञानलाई अनूभूति अनुभूतिलाई अनुभवमा र अनुभवलाई ज्ञानमा प्रशारण गर्न भूमी हो यो। त्यसैले यो भूमिलार्इ तपोभूमि र ज्ञानभूमि भनिएको हो।' 

पूर्खाहरु ज्ञान, विज्ञान, खगोल शास्त्र, प्रकृति, बनस्पति, ज्ञानको खोज अनुसन्धान गरे तर केही वर्षयता अघि बढेको भूभाग केही कारणले पछि परेको ओलीले स्वीकार गरे। अब पुर्वजहरुले छोडेर गएका ज्ञानलाई अघि बढाउनु परेको र पुनर्जागरणको आवश्यकता औंल्याए।

समृद्ध नेपाल र खुसी नेपालीको लक्ष्य सरकारले त्यसले लिएको बताउँदै ओलीले भने, 'कसैलाई त्रास, भय नहोस, सुखानुभूति होस। सबै खुसी हुन भन्ने हाम्रो चाहना हो।'

उनले थपे, 'हाम्रा गौरवहरुको चर्चा मात्र गर्ने र सम्मान मात्र गर्ने होइन, पहिलेकै समयअनुशार अघि बढाउनु जरुरी छ। पशुपति जनकपुर बोधगया, विश्वनाथ धेरै ठाउलाई जोड्नु परेको छ। हाम्रा उन्नति र प्रगतिलाई हामीले पुन अघि सारेका छौं। तिनहरुको हामीले फेरि समृद्धि गर्नु परेको  छ।' 

जनकपुर र अयोध्या बस सेवा शुरु गरिसकेको, रामायण सर्किट र बुद्ध सकिर्एट अघि बढाइसकेका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, 'यी गौरवहरुलाई हामी अघि बढाउन चाहन्छौं।'
 
केही समयअघि भारतीय पूर्वप्रधानमन्त्री, मृदुभाषी र नेपालका हितैषी अटलबिहारी बाजपेयीको निधन भएकोमा प्रधानमन्त्री ओलीले व्यक्तिगत र सरकारको तर्फबाट समवेदना व्यक्त गरे।

ओलीले वाजपेयी नेपालको पुनर्जागरण अभियानको अभियन्ता भएको बताए। उनले वाजपेयी एक असल लेखक र असाधरण अध्यता भएको बताउँदै उनको योगदानको स्मरण स्वरुप वाजेपयीको कविता ‘मेरी एकल कविताएँ' नेपालीमा अनुवाद गरेर अधिकतम विरतण गर्ने प्रतिबद्धता व्यक्त गरे। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।