बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रक्सौल-काठमाडौं रेलमार्गबारे समझदारीपत्रमा हस्ताक्षर

रक्सौल-काठमाडौं रेलमार्गबारे समझदारीपत्रमा हस्ताक्षर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल र भारतबीच रक्सौल-काठमाडौं रेलमार्गबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

बहुपक्षीय प्राविधिक तथा आर्थिक समन्वयका लागि बंगालको खाडीको सहकार्य (बिमस्टेक) शिखर सम्मेलन समापनपछि शुक्रबार नेपालका प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुवै मुलुकका अधिकारीहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 

नेपालका प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच भएको भेटवार्तापछि दुर्इ देशबीच रेलमार्गका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रक्सौल-काठमाडौं ब्रोडगेज रेलमार्गको प्रारम्भिक 'इन्जिनियरिङ कम ट्राफिक सर्भे' गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ।

नेपाल र भारतबीच भारतीय रेललाई रक्सौलबाट काठमाडौं जोड्नेबारे पछिल्लो समय प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा छलफल भएको थियो। 

भारतीय प्रधानमन्त्री मोदीको यो चौथो नेपाल भ्रमण हो। सन् २०१४ मा मोदी प्रधानमन्त्री भएलगत्तै द्विपक्षीय भ्रमणमा आएका मोदी त्यसपछि सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए। गत वैशाख अन्तिम साता उनले जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको दर्शनका लागि ‘धार्मिक भ्रमण’ गरेका थिए।

द्विपक्षीय बैठकमा नेपाल र भारतबीच सन् १९५० को सन्धिलगायत समग्र द्विपक्षीय सम्बन्ध पुनरावलोकन गर्न बनेको ईपीजीको कार्यकाल सकिएकोबारे पनि छलफल भएको थियो। र, त्यसले तयार पारेको साझा प्रतिवेदन बारे समेत  दुई प्रधानमन्त्रीबीच छलफल भएको छ। 

ईपीजीको कार्यकाल जुलाई पहिलो साता नै सकिएको छ। दुवै प्रधानमन्त्रीलाई टोलीले प्रतिवेदन बुझाउने अवसर पाएको छैन । ईपीजीले प्रतिवेदन बुझाएपछि बल्ल त्यसबारे दुवै सरकारले निर्णय लिने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।