ललितपुर- नागदह ललितपुर धापाखेलस्थित एक प्राकृतिक पोखरी हो। पोखरीको क्षेत्र करिब पाँच हेक्टर छ र मुख्य स्रोत एक प्राकृतिक झरना हो। चक्रपथबाट करिब नौ किमि मात्र टाढा पर्छ धापाखेल।
काठमाडौंका थुप्रै ठाउँका आ-आफ्नै विशेषता छन्। नागदहका सम्बन्धमा पनि पौराणिक कथाहरू छन्।
कुनै समयमा भगवान् शिव नागदहमा बस्न आएका थिए। तर बज्रवाराही देवी धेरै चिन्तित भएकी थिइन्। उनले सोचिन्, भगवान शिव नागदहमा बस्न आए भने कसैले देवीलाई पूजा गर्ने छैनन्। त्यसैले आफ्नो ईश्वरीय शक्तिको उपयोग गरेर उनले आफूलाई सुँगुरमा परिणत गरी त्यस क्षेत्रमा बसेर हल्लाखल्ला र फोहोर गर्न थालिन्। भगवान् शिवलाई त्यस क्षेत्रमा सुँगुरहरू बस्न आएको र फोहोर भएपछि शिव सफा र शान्त क्षेत्र खोज्दै रसुवास्थित गोसाईंकुण्ड गए।
यस्तै, अर्को किंवदन्ती पनि छ। जुनबेला काठमाडौं एउटा ठूलो दह थियो, चीनबाट मञ्जुश्री आएर चोभारको डाँडा काटिदिए। र, सबै पानी बगेर बाहिर निस्कियो। तर, दुई नाग र नागिनीले आफ्नो बासस्थल बिगारेको बताउँदै विद्रोह गरे। अब म कसैलाई बाँकी नराख्ने भन्दै नाग-नागिनीले रौद्र रूप देखाएपछि मञ्जुश्रीले नागदह र टौदह बनाइदिए। नागिनी नागदहमा र नाग टौदहमा बस्न थालेको जनश्रुती छ। हरेक वर्ष पानी पर्ने सिजनमा नाग टौदहबाट नागदहमा नागिनीलाई लिर्इ दुवै पनौतीको जात्रा हेरेर फर्किन्छन् भन्ने मान्यता छ।
नेपालमा नागहरूलाई परम्परागत रूपमा देशमा राम्रो वर्षा र समृद्धि ल्याउने प्राणीका रूपमा पूजा गर्ने चलन छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...