आइतबार, वैशाख १६, २०८१

नेपाल इन्जिनियरिङ कलेज हत्याउन लम्बोदरले यसरी गरे चलखेल

'सार्वजनिक कलेजलाई निजी बनाइयो भने त्यो एकदमै दुर्भाग्य हुनेछ। अहिले खातीजी र लम्बोदर सरबीच बाक्लिएको भेटघाटले उहाँको पक्षमा फैसला आउला कि भन्ने डर छ। तर, सम्मानित सर्वोच्च अदालतले कलेजको मर्मलाई बुझ्छ भन्ने विश्वास छ,' ती सदस्यले नेपाल समयसँग भने।
 |  बिहीबार, भदौ २३, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- भक्तपुरस्थित  सामाजिक संस्था 'नेपाल इन्जिनियरिङ कलेज' हात पार्न एक सञ्चालकले लामो समय चलखेल गरे। जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सामाजिक संस्थाका रूपमा दर्ता भएको यो संस्थालाई निजी सम्पत्तिका रूपमा दर्ता गरी सकिएको अवस्थामा मुद्दा परेको छ। कलेजको सम्पत्ति आफ्नो नाममा बनाउन पछिल्लो ५ वर्षयता निरन्तर प्रयास भइरहेको हो। 

triton college

कलेजलाई तत्कालीन चाँगुनारायण गाविसका स्थानीयले सयौँ रोपनी जग्गा भोगचलन गर्न दिएका थिए। सामाजिक संस्था भएका कारण यो कलेजले राज्यबाट सहुलियत पनि लिँदै आएको छ। सञ्चालकहरुले कलेज चलाउन नसकेको अवस्थामा यो सबै सम्पत्ति राज्यको हुन्छ। तर गएको पाँच वर्षदेखि नेपाल इन्जिनियरिङ कलेजलाई निजी कम्पनी बनाएर आफ्नो नाममा दर्ता गराउन 'नेपाल इन्जिनियरिङ कलेज प्रालि' बनाउने खेल लम्बोदर न्यौपानेले खेलिरहेका छन्। कलेज स्थापनाकालका सञ्चालकमध्येका एक लम्बोदरप्रसाद न्यौपानेले यसलाई आफ्नो सम्पत्ति बनाउन लामो प्रक्रिया अपनाएका थिए। 

तर यस विषयमा सर्वोच्च अदालतमा मुद्दा परेपछि लम्बोदरको रणनीति सफल भइहालेको भने छैन।  स्रोतका अनुसार पछिल्लो समय आफ्नो पक्षमा फैसला पार्न न्यौपानेले महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग भेटघाट बढाएका छन्। कलेजमा तत्कालीन सञ्चालक समितिका एक सदस्यले खाती र न्यौपानेको भेटघाटले मुद्दा प्रभावित गर्न सक्ने आशंका गरे। न्यौपानेको पक्षमा फैसला आएमा सार्वजनिक स्वामित्वमा रहनुपर्ने कलेज व्यक्तिको नाममा जानेछ। अर्थात हालको नेपाल इन्जिनियरिङ कलेज लम्बोदर न्यौपानेको निजी सम्पत्ति बन्नेछ। 


प्रकाशित: Sep 08, 2022| 07:30 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्