बिहीबार, असार ३२, २०८३

कर्णालीका मन्त्रीहरु खोलामा झरेपछि....

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- कर्णाली प्रदेशका मन्त्रीहरु शुक्रबार बिहानै एउटा खोलामा भेटिए। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका मन्त्रीहरु, नेपाली सेना र नेपाल प्रहरी सहित ठूलै हुल वीरेन्द्रनगरस्थित खोर्केखोलामा पुग्यो। 

बिहानको सात नबज्दै मन्त्रीहरु र ठूलो संख्यामा सुरक्षाकर्मीहरु देखेपछि स्थानीहरु आचार्यमा परे। कतिपयले ठूलै घटना पो भयो कि भन्दै हुलतिर झरे। एकै छिनपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल र भूमि कृषि तथा सहकारी मन्त्री विमला केसीले खोलाका ढुङ्गाहरु उठाउन थाले । मन्त्रीहरुसँगै सुरक्षाकर्मीहरुले पनि लाम (लाईन) लागेर ढुङ्गाहरु उठाउँदै एक ठाउँमा जम्मा गरे।

त्यतिकैमा सुरक्षाकर्मीले दश थान तारझाली खोलाको छेउमा ल्याए। जालीदेखिपछि स्थानीहरुले बल्ल पो थाहा पाए खोलाको छेउमा तारजाली भर्न थालिएको रहेछ । झिनभरमै ढुङ्गाको एक खात (थुप्रो) लाग्यो। त्यसपछि तारझाली भर्ने सुरसार गरियो। त्यतिकैमा अर्कोतर्फबाट एक हुल आमाहरुको समूह आयो र भन्यो ‘एकतिरमात्रै झाली हाल्ने ? हामीलाई डुवाएर मार्ने खोजेको हो?’ 

खोलाको एकछेउमा मात्रै तारझाली भर्न थालेको भन्दै विरोध जनाए। स्थानीयको विरोधपछि मुख्यमन्त्री शाहीले खोलाको दुबै साइडमा ५-५ वटा झाली भर्ने सहमति गरे। र विरोध गरेको समूहलाई ५ थान झाली थम्माइदिए। त्यसपछि सुरु भयो तारझाली भर्ने प्रतिस्पर्धा। 

स्थानीयसँग मन्त्री र सुरक्षाकर्मीहरुको सक्रियतामा खोलाको दुबै भागतिर झाली भरियो। मन्त्रीहरुले करिव ३ घन्टासम्म खोलाका ढुङ्गाहरु उठाए। मन्त्रीहरुले ढुङ्गा बोकेको देखेर खोलामा आउजाउ गर्ने कतिपयले छक्क परे त कतिपय उनीहरुको काम देखेर रमाए। उक्त खोलाका कुनै आपत्तविपत्त नभई मन्त्रीहरु श्रम दिन मनाउन गएका हुन्। 

खोलामा पुगेका प्रदेशका मन्त्रीहरुले बाढीले भत्काएका संरचना निर्माण गर्दै श्रम दिन मनाएका छन्। श्रमदिनमा तारजाली भर्ने र एक बालगृहमा भवनको वाल (भित्ता) लगाएर मन्त्रीहरुले श्रम दिन मनाएका हुन्। मन्त्रीहरुले चारवर्ष अघि बाढीले भत्काएको बालगृहको भवनको वाल बसाल्ने काम गरेका छन्। 

मन्त्रीहरुले वाल लगाएसँगै अधुरै रहेको बालगृह निर्माण हुने संकेत देखिएको छ। बजेट अभावको कारण देखाउँदै चारवर्षदेखि बालगृह निर्माण हुन सकेको थिएन। श्रमको सम्मानका लागि कर्णाली प्रदेश सरकारले प्रत्येक महिनाको १५ र १ गतेलाई श्रम दिनका रुपमा मनाउने निर्णय गरेको छ ।
तस्विरः बाल लगाउँदै र ढुङ्गा बोक्दै कर्णाली प्रदेशका मन्त्रीहरु।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।