बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिमस्टेक राष्ट्रबाट महामारीको सामुहिक समाधान खोजिने

बिमस्टेक राष्ट्रबाट महामारीको सामुहिक समाधान खोजिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बिहीबार राजधानीमा शुरु भएको चौथो विमस्टेक सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले विमस्टेक सदस्य राष्ट्रबाट महामारी तथा सरुवा रोको अन्त्यका लागि सामुहिक प्रयास गरिने बताएका छन्। 

१८ बुँदे घोषणापत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले एचएआइभी एड्स, स्वायन फ्लु, मलेरिया, भाइरल इन्फ्लुयन्जा हेपाटाइटीस बीलगायतका रोगबाट मुक्ति पाउनका लागि सातवटै राष्ट्रको सहयोगमा सामुहिक समाधान खोजिने बताएका हुन्। 

त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीले सबै विमस्टेक राष्ट्रका सदस्यहरुले प्रतिआतंकवादविरुद्ध लड्ने विषयमा समझदारी भएको जनाएका छन्। क्रस बोर्डर क्राइम नियन्त्रण गर्ने तथा संयुक्त राष्ट्र संघको बडापत्रलार्इ अनुसरण गर्ने बताए। 

त्यसैगरी दैविक विपद्बाट हुने क्षती न्यनीकरणका लागि 'प्लान अफ एक्सन' बनाएर अघि बढ्ने बताएका छन्। 

त्यसैगरी प्रत्येक सार्वभौमिक मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि व्यापार र कनेक्टेभिटीमा जोड दिने बताए। अर्न्तर्राष्ट्रियस्तरमा पारदर्शी, समानान्तर रुपमा पहिचान स्थापित गर्ने कुरामा जोड दिए।  प्रविधि मैत्री वातावरण सिर्जना गरेर व्यापार प्रबर्द्धन गर्न साना, मझौला तथा ठुला संस्थाहरुको सहयोग लिने जानकारी दिए। खाद्य सुरक्षाको ग्यारेन्टी गर्ने समेत बताए। 

त्यसैगरी सहकार्यको दायरा बढाउनका लागि दिर्घकालिन योजना तर्जुमा गरिने र सन् २०३० सम्म बंगालका खाडी मुलुकबाट गरिबी उन्मुलन गरिसक्ने प्रतिबद्धता जनाएका छन्। 

सडक, रेल, पानी र हवाइ तथा अन्य मार्गको विस्तार गर्न विमस्टेक मास्टरप्लानका रुपमा अघि बढाउने सम्झौता भएको समेत जानकारी गराएका छन्। विमस्टेक राष्ट्रका १.२५ मिलियन जनतामा मोबाइलको पहुँच पुर्‍याउनेसमेत सम्झौता भएको जानकारी गराए। 

विमस्टेक आर्थिक फोरम र विमस्टेक भिसा सहजीकरणका लागि विश्वास र सहकार्यको वातावरण तयार गर्नेसमेत बताए। इको सिस्टम, क्लाइमेट चेन्ज, उर्जा सहकार्यका लागि पनि प्लान अफ एक्सन बनाएर अघि बढ्ने बताए। 

नियमित इन्टर्भलमा संस्कृति विमस्टेक आयोजना गर्ने तथा पर्यटन विकासमा जोड दिने बताएका छन्।

उनले यस विमस्टेकलार्इ विकासशिल र भूपरिवेष्ठित राष्ट्रको आवाज उठाउने फोरमको रुपमा विकसित गरिने बताएका छन्। कृषी क्षेत्रको विकासका लागि सिँचाईको माधयमबाट दिर्घकालिन स्रोत योजना बनाउने र  मोनोरेल र सडक सञ्जाल विस्तारका लागि गृहकार्य गरिने बताएका छन्। 

अर्न्तदेशिय विद्युतीय प्रसारण लाइन निर्माण गर्ने विषयमा सम्झौता भएको जानकारी दिए। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।