शुक्रबार, चैत २९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शक्तिपुरमा जंगली हात्तीको जगजगी : न निदाउन दिन्छ, न खेती जोगाउन

शक्तिपुरमा जंगली हात्तीको जगजगी : न निदाउन दिन्छ, न खेती जोगाउन

शान्ति चौधरीले रातमा आँखा चिम्लिएको हप्तौँ भएको छ। रातभर जागै बसेर दिउँसो निद्रा पुर्‍याउने अब बानी नै परीसकेको छ। शान्ति मात्र होइन। अहिले शक्तिपुरका मानिसहरु रातमा निदाउँदैनन्। रातभर आगो बालेर त्रासै त्रासमा बस्छन्।
 |  सोमबार, भदौ २०, २०७९
nespernesper

नवीन अभिलाषी

नवीन अभिलाषी

सोमबार, भदौ २०, २०७९

vianetvianet
triton college
National life insurance

बर्दिया- शान्ति चौधरीले रातमा आँखा नचिम्लिएको हप्तौँ भएको छ। रातभर जागै बसेर दिउँसो निद्रा पुर्‍याउने अब बानी नै परिसकेको छ। शान्ति मात्र होइन। अहिले शक्तिपुरका मानिसहरु रातमा निदाउँदैनन्। रातभर आगो बालेर त्रासैत्रासमा बस्छन्। 

कतिबेला हात्तीको बथान आउने हो, र धुलो पिठो बनाउने हो भन्ने सन्त्रासमा पुरै शक्तिपुर गाउँ छ। 'प्रत्येक वर्ष यो समयमा यस्तै हो, खेती पाक्ने समयमा हात्तीले बस्न खान दिन्न, रातैभर जागै बस्नुपर्छ,' शान्तिले भनिन्, 'नजिकै निकुञ्ज छ, कति बेला हात्ती आउछ थाहै हुन्न। हात्ती आयो भने ज्यान जोगाउनै मुस्किल पर्छ।' 

बर्दियाको मधुवन नगरपालिका-५ को गाउँ नम्बर १० शक्तिपुरमा हात्ती पस्छ। वर्षभर खाने भनेर रोपिएको मकै र धान सखाप मात्रै पार्दैन, कहिलेकाहीँ घर नै भत्काएर घरभित्रै अन्नमा सुँड गाड्छ। 'के कुरा गर्नु? एक वर्ष होइन, दुई वर्ष होइन, कति वर्ष भयो कति,' हात्तीबाट जोगिँदै वर्षौँ घरबार चलाएका मानबहादुर चौधरीले भने, 'खेती पाक्ने बेलामा हात्तीको हुल आउँछ। एक पटक आयो भने सबै सखाप पारेर जान्छ। रातको समयमा आयो भने हामीलाई भाग्नै समस्या हुन्छ।' 

प्रकाशित: Sep 05, 2022| 19:54 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।