बिहीबार, असार ३२, २०८३

जनकपुरमा नगर प्रहरीको दादागिरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुर उपमहानगरपालिका कार्यालयले भर्ना गरेको नगर प्रहरीले दादागिरी गर्दै हातपात गर्ने गरेको स्थानीयहरुले आरोप लगाएका छन् । सडक तथा फुटपाथ व्यवस्थापन गर्ने नाउँमा नगर प्रहरीले व्यवसायी देखि सर्वसाधरणलाई हातपात गरी दुव्र्यवहार गर्ने गरेको स्थानीयवासीको आरोप छ ।

विहिबार साँझ स्थानीय भानु चोकमा एकजना पत्रकार र केहि व्यवसायीहरुलाई हातपात गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिनु पर्‍यो ।

सडक पेटी खालि गराउन निस्केका नगरप्रहरीले केहि स्थानीय व्यवसायीमाथि हातपात गरेको थियो । र, त्यस घटनाको फोटो खिच्न थालेपछि नगरप्रहरीले पत्रकार राहुल सिंहको मोबाइल खोसी भुँईमा फ्यालेर तोडेको छ । पत्रकार सिंहका अनुसार आफूले स्थानीय व्यवसायीहरुसँग भइरहेको विवादको फोटो खिच्न थालेपछि नगरप्रहरीले दुव्र्यवहार गर्नुका साथै मोबाइल खोसेर फुटाइदिएको छ ।

कानून र अधिकार क्षेत्र मिच्दै नगर प्रहरीले देखाएको व्यवहारको स्थानीय व्यवसायीहरुले विरोध गरेपछि प्रहरीले तत्काल उनीहरुलाई नियन्त्रणमा लिएको थियो । स्थानीयहरु विरोधमा उत्रिएपछि ध्रुव मिश्र भन्ने नगर प्रहरी फरार भएपनि अन्यलाई जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको थियो ।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले स्थानीयवासीसँग विवाद हुँदा नगर प्रहरीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । नगर प्रहरी होस वा अन्य कोहि कसैमाथि हातपात तथा दुव्र्यवहार गर्नु गलत रहेको थपलियाले बताए । उपमहानगरपालिकाको एकजना कर्मचारीको जमानीमा नियन्त्रणमा लिइएका नगर प्रहरीहरुलाई छोडिएको उनले जानकारी दिए ।

उपमहानगरपालिकाले अनियमित तरिकाले भर्ना गरेको नगर प्रहरी गुण्डा शैलीमा प्रस्तुत हुनेगरेको नेपाल चेम्बर्स अफ कमर्स जनकपुरका उपाध्यक्ष सरोज मिश्रले आरोप लगाएका छन् । आफ्नो मनोमानी र हैकमवादी प्रवृत्तिले उपमहानगरपालिका चलाउने सोँच परिवर्तन गरी असभ्य कर्मचारीलाई तत्काल बर्खास्त गर्न उनले माग गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।