काठमाडौं- काठमाडौं उपत्यकामा शुक्रबार बिजोर नम्बरका सवारी साधन मात्रै चलाउन पाइने छ । बिमस्टेक शिखर सम्मेलनका लागि सवारी साधनमा लागु गरिएको जोर बिजोर प्रणलीअन्तर्गत आज बिजोर नम्बरको सवारी मात्रै चलाउन दिइने भएको हो ।
बिमस्टेकका लागि आउने सदस्य राष्ट्रका राष्ट्र प्रमुख र अन्य विदेशी पाउनाको आवागमनमा सहजता ल्याउनका लागि ट्राफिक प्रहरीले बुधबारबाट जोर–बिजोर प्रणाली लागु गरेको थियो । भोली शनिबारबाट सबै नम्बरका सवारी साधन चलाउन पाइने ट्राफिक प्रहरीले जनाएको छ ।
अन्तिमका २ अंकका आधारमा जोर र विजोर गणना हुनेछ । आज बिजोर गते भएकाले जिोर नम्बरका सवारी चलाउन रोक लगाइएको हो । हिजो बिहीबार जोर नम्बरका सवारी चलेका थिए भने बुधबार बिजाेर नम्बरका सवारी मात्रै गुडेका थिए । ट्राफिक अस्तव्यस्ततालाई कम गर्न यस्तो निर्णय लागु गरिएको ट्राफिक प्रहरीको भनाई छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४