शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • धावक जितबहादुरको आँखामा ताजै छ ५० वर्षअघिको म्युनिख हत्याकाण्ड

धावक जितबहादुरको आँखामा ताजै छ ५० वर्षअघिको म्युनिख हत्याकाण्ड

‘निद्रामै उठाए भन्ठानेर ढोका उघारेँ। त्यहाँ त शारदा मेम मो पो हुनुहुँदो रहेछ,’ उनले भने, ‘लौ हेर्नुहोस् त भनेर उहाँले भन्नुभयो। हेर्दा त भुईंभरि छ्यालब्याल रगत थियो। आङ जिरिङ्ग भयो। वेटलिफ्टिङ र बक्सिङको खेलाडी त मरिसकेको रहेछ। अनि थप नौ जनालाई पाता फर्काएर राखिरहेको रहेछ।’
 |  सोमबार, भदौ २०, २०७९

विनय सापकोटा

विनय सापकोटा

सोमबार, भदौ २०, २०७९

काठमाडौं- इजरायलको राजधानी जेरुसेलमलाई प्यालेस्टाइनले आफ्नो भूभाग दाबी गरिरहेको छ। यही विवादले एकपटक मात्र होइन पटक-पटक युद्ध गराएको छ। इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वले विश्वलाई नै विभाजित गरेको छ। हुँदाहुँदा एकपटक त यस्तो भयो कि विश्व खेलकुदको महाकुम्भ भनिने गृष्मकालीन ओलम्पिक नै त्यो युद्धको दुष्चक्रमा फस्यो। र, इजरायली खेलाडीको म्युनिखमा बर्बतापूर्ण रुपमा हत्या गरियो। त्यसलाई म्युनिख हत्याकाण्डका रुपमा आज पनि चिनिन्छ।

triton college

सन् १९७२ सेप्टेम्बर ५ मा भएको त्यो हत्याकाण्ड भएको आज ५० वर्ष पूरा भएको छ। जसमा १२ जनाको हत्या भएको थियो। म्युनिखको त्यही हत्याकाण्डको प्रत्यक्षदर्शी हुन् नेपाली म्याराथन धावन जीत बहादुर केसी। ओलम्पिकमा सहभागी हुन म्युनिख पुगेका उनले त्यो घटनाको प्रत्यदर्शी बने। हत्याकाण्डको ५० वर्ष बितिसकेपछि पनि जितबहादुरको मानसपटलमा त्यो घटना अझै ताजै छ। उनले त्यो बर्बरापूर्ण घटनाअघि युद्धअघिको परिदृश्य सुनाए। 

यहूदीमाथिको बर्बरता र क्रुर यातनाका कुराहरु धेरै पुस्तकहरुमा अझैसम्म पढ्न पाइएकै छ। यो घटना पनि यहूदीसँगै जोडिन्छ। विश्वभरी नै यहूदी सम्प्रदाय भेदभावको सिकार भएपछि सन् १८८१ मा यहूदीहरु युरोप र मध्य एसियाको विभिन्‍न भागबाट प्यालेस्टाइनमा घुसेका थिए। कुनै देश आफ्नो नभएपछि उनीहरुलाई लागेको थियो- अब आफ्नै एउटा देश बनाउनु पर्छ।

त्यसका लागि उनीहरुले प्यालेस्टाइन छाने। प्यालेस्टाइन नै किन छाने भन्दा उनीहरुको धार्मिकस्थल थियो जेरुसेलम। तर उतिबेला न इजराइल थियो, न गाजा स्टेट, न त वेस्ट बेंक नै। सबै क्षेत्र प्यालेस्टाइन थियो, जहाँ अटोमन साम्राज्य हुन्थ्यो। अटोमन साम्राज्यमा क्रिस्टियन, मुस्लिम र यहूदी शन्तिपूर्वक रहन्थे। किनभने धेरै जमिन खालि थियो। जतै पनि बस्‍न सकिन्थ्यो।

अब एकैपटक पहिलो विश्युद्धमा पुगौँ, जहाँ ब्रिटिस, फ्रेन्च र अरब रिभोलुनरीले अटोमन साम्राज्यको विरोधमा युद्ध छेडे। यी तिनै पक्षका आआफ्नै स्वार्थ थिए नै। 

corrent noodles
Metro Mart

सिरियादेखि यमनसम्म एकै देश बनोस् भन्‍ने चाहना थियो, अरब रिभोलुनरीको। अनि ब्रिटिसले अरबलाई त्यहि कुराको वाचा गरिसकेको थियो। त्यति मात्र होइन, उसले यहूदीलाई पनि त्यस्तै वाचा गर्‍यो। तर जसै अटोमन साम्राज्यको पराजय भयो, विश्वयुद्ध पनि सकियो। बेलायतले फ्रान्ससँग मिलेर जितेको साम्राज्य आधा-आधा हिस्सामा बाँडे।

प्यालेस्टिनलाई ब्रिटेनले नियन्त्रणमा लियो। यो १९४८ सम्म रह्यो। त्यतिबेला हिटलरले राज्य गरिरहेका थिए। उनको समयमा लाखौंको संख्यामा यहूदी जर्मनबाट विस्थापित बने। कति  मारिए। बाँचेका केही विदेश भागे। त्यसको ठूलो संख्या चाहीँ प्यालेस्टाइन छिर्‍यो।

सुरुमा त ब्रिटेनले उनीहरुलाई देश प्रवेश गर्न दिएको थियो। पछि प्रतिबन्ध लगायो। त्यही कारण हो, इजरायली राष्ट्रवादले जरा गाड्न सुरु गरेको।  त्योभन्दा अघि इजरायलको नामोनिसाना केही पनि थिएन। अनि इजरायल मुभमेन्टको विरुद्धमा  प्यालेस्टाइन मुभमेन्ट सुरु भयो। यी दुवै समूह आ-आफ्नो देशको मागमा आन्दोलनमा लाग्छन्। आन्दोलनको मारले त्यहाँ राज्य गरिरहेको ब्रिटेनको टाउको दुखाइ सुरु हुन्छ। ऊ शासन गर्न नसक्ने अवस्थामा पुग्छ। जसरी भारत छोड्दा पाकिस्तान टुक्रिएको थियो। प्यालेस्टाइनमा पनि त्यही अवस्था सिजर्ना हुन्छ। अनि ब्रिटिसले भनिदिन्छन्– तिमीहरु दुई देश बनाउ, इजरायल र प्यालेस्टाइन्।

‘निद्रामै उठाए भन्ठानेर ढोका उघारेँ। त्यहाँ त शारदा मेम मो पो हुनुहुँदो रहेछ,’ उनले भने, ‘लौ हेर्नुहोस् त भनेर उहाँले भन्नुभयो। हेर्दा त भुईंभरि छ्यालब्याल रगत थियो। आङ जिरिङ्ग भयो। वेटलिफ्टिङ र बक्सिङको खेलाडी त मरिसकेको रहेछ। अनि थप नौ जनालाई पाता फर्काएर राखिरहेको रहेछ।’

संयुक्त राष्ट्रसंघले विवाद समाधानमा हिस्सा लिन्छ। त्यसअनुसार पूरा देशको ५७ प्रतिशत यहूदीले पाउँछन् र बाँकीचाही अरब स्टेटले  (प्यालेस्टाइन) पाउँछ। तर जेरुसेलम दुवै देशको भागमा पर्दैन। त्योचाहीँ अन्तर्राष्ट्रिय नियन्त्रणमा हन्छ।

यसरी १९४८ मा इजरायलको जन्म हुन्छ। इजरायललाई ठूलो भाग परेपछि अरबका छिमेकी देशहरुलाई चित्त बुझ्दैन। उनीहरुलाई लाग्छ कि कोलोनिज्म कायम राख्‍ने यो ब्रिटिसको युक्ति हो। त्यसै कारण उनीहरुले इजरायविरुद्ध युद्धको घोषणा गर्छन्। यसै बेलाबाट सुरु भएको हो, इजरायल र प्यालेस्टाइनको युद्ध।

त्यो हो पहिलो अरब इजरायल युद्ध- सन् १९४८। यो निकै ऐतिहासिक युद्ध हुन्छ, किनभने पाँचभन्दा धेरै देश एउटा सानो अनि नयाँ देशका लागि लडिरहेका हुन्छन्। तर हुन्छ के भने सबै अस्त्र प्रयोग गरेर इजरायलले युद्ध जित्छ। यो युद्ध नजितेको भए सायद आज यहूदीको कुनै ठाउँ हुँदैन थियो होला।

समय सन् १९६४ को हुन्छ- जब प्यालेस्टिनी लिबरेसन अर्गनाइजेसन(पीएलओ)को स्थापना हुन्छ। त्यसले युद्धलाई झन् भड्काउने काम गरिरहेको हुन्छ। उनीहरु सेना थप गरेर अघि बढ्ने योजनामा जान्छन्। त्यहि भएर युद्ध एकपटकमा सकिँदैन्। यस्तै, युद्ध १९६७ मा पनि हुन्छ। जित इजरायलकै पक्षमा रहन्छ। ती युद्धबाट उसले धेरै सैनिक नियन्त्रणमा लिएको हुन्छ। त्यहि युद्धबाट इजरायललाई गाजासहित थप भूभाग पनि प्राप्त हुन्छ।

त्यसको तीन वर्षपछि लुतिफ एएफआईएफ भन्‍ने संस्थाले १६ सेप्टेम्बर १९९० मा ब्लाक सेप्टेम्बर भन्‍ने समूह बनाउँछ। त्यसको काम प्यालेस्टाइनी र जार्डनका शासक र आर्म पुलिसलाइ पुगेको क्षतिको बदला लिनु हुन्छ।

म्युनिख हत्याकाण्ड। तस्बिर स्रोत : बीबीसी

 त्यही समूहका आठ सदस्यले १९७२ को सेप्टेम्बर ५ मा म्युनिखमा अट्याक गरेका हुन्। त्यहि घटनाका प्रत्यक्षदर्शी हुन्, जित बहादुर। त्यति बेलाका सदस्य सचिव कुमार खड्ग विक्रमको नेतृत्वमा नेपाली टोली म्युनिख पुगेको थियो। नेपाली टोलीमा मोहन बहादुर शाही (उनका श्रीमतीहरु शोभा र शारदा (कान्छी), कुमार खरेल, मोहन लाल शाहीसँगै थिए, प्रशिक्षक लक्ष्मण शाह। अनि खेलाडीमा चाहीँ जितबहादुर केसी र भक्तबहादुर सापकोटा थिए।

यी दुवै खेलाडी म्याराथनतर्फका थिए। ‘हामी दुवैले म्याराथनमा भाग लिएका थियौँ। उत्साही थियौँ, त्यहाँ जाँदा,’ जितबहादुर सम्झन्छन्। त्यो ओलम्पिक नेपाललले भाग लिएको दोस्रो ओलम्पिकसमेत हो। नेपालले भाग लिन सुरु गरेको सन् १९६४ को टोक्यो ओलम्पिकबाट नै हो। त्यसैले पनि खेलाडीमा खुसीयाली थियो। 

तर, त्यो खुसी धेरै समय टिक्न सकेन। भएको के थियो त? ‘क्याम्प सुरु भएको तीन दिन भएको थियो। हाम्रो कोठा लहरै थियो। अनि हाम्रा ठिक अगाडि बाटो थियो,’ जितबहादुरले कथा सुरु गर्दै भने, 'त्यो बाटो निकै सानो थियो। त्यो चार खुट्टे बाटो हुन्छ नि।' अघिल्लो पट्टीको दैलाको अघि झण्डा राखिएको थियो। सबै देशको टिम बसेको कोठामा उसको देशको झण्डा राखिएको हुन्थ्यो। झण्डाले नै त्यहाँ कुन देशका नागरिक बसेका छन् भनेर थाहा हुन्थ्यो। त्यसलाई देखाउँदै एकजना अफिसियलले भनेका थिए, ‘ए हामीअघि इजरायल रहेछ।’

‘त्यहाँ अगाडी इजरायलको झण्डा, अर्कोपट्टी नेपालको झण्डा। बीचमा बाटो। अनि, एक नम्बरमा कुमार खरेल, दुई नम्बर मोहन लाल शाही, तीन नम्बर लक्ष्मण शाह चार नम्बर म अनि पाँच नम्बर कोठामा भक्त सुतिरहेका थियौँ,’ चाउरिएका गाला झन् चाउरो पार्दै जितबहादुरले सम्झना गरे।

त्यो रात उनी सुतिरहेका थिए। राति १ बजेतिर ड्याङग आवाज आयो। 'पड्किन त पड्कियो के पड्कियो-पड्कियो पत्तै भएन!' जितबहादुरले उठेर अगाडी-पछाडी हेरे। सबै ठिकै थियो। साइडमा हेरे- त्यहाँ मुनि चाहीँ रंगअनुसारको विभिन्‍न धाराहरु थिए। त्यसबाट चिसो तायो पेयपदार्थ निस्कन्थ्यो। ग्लासमा हालेर खाने व्यवस्था कोठैमा थियो। बाहिर जानु नपर्ने गरी। अरु त काठ र सिसा मात्र।

‘त्यस्तोमा ठ्याम्म गर्दा त कोठै जुरुक्क उचालिएझैँ भयो। त्यहाँ अन्डरग्राउन्डमा इच्छा लोगेको खेल्न, अभ्यास गर्न पाउने थियो। २४ घण्टा नै खाना पाकिरहने जे खाए पनि हुने व्यवस्थत थियो, त्यहाँ। एकैछिनपछि फेरि डयाङ्ङै पड्कियो। कोठा फेरि उचालिनेगरी आवाज सुनियो,’ उनले मध्यरातको कुरा सुनाए।

उनले सोचे- कसले यति सारो उपद्रो गर्दै खेलेको होला? सुत्‍नै दिएनन् त। त्यसैले उनी जबरजस्ती सुत्‍न खोजे, निद्रै लागेन। अनि दुध सारेर खाए। अनि त्यस्तै आवाज आउला भनेर दिक्क मान्दै ढल्किएका के थिए- निदाएछन्।

बिहान चार बजे नै अरु दिनको भन्दा ठूलो आवाजमा डोरबेल बज्‍यो। टिमका सदस्यलाई जर्मन पुलिसले कालो टोपी माग्थ्यो अनि स्पेशल चिया लिएर दिन्थ्यो। उनले त्यही टोली सम्झे। उठेर गम्छा बेरेर ढोका खोले। 

‘निद्रामै उठाए भन्ठानेर ढोका उघारेँ। त्यहाँ त शारदा मेम मो पो हुनुहुँदो रहेछ,’ उनले भने, ‘लौ हेर्नुहोस् त भनेर उहाँले भन्नुभयो। हेर्दा त भुईंभरि छ्यालब्याल रगत थियो। आङ जिरिङ्ग भयो। वेटलिफ्टिङ र बक्सिङको खेलाडी त मरिसकेको रहेछ। अनि थप नौ जनालाई पाता फर्काएर राखिरहेको रहेछ।’

‘माथिबाट एक्सन हुनसक्छ भनेर उनीहरुले के गरेको भने भुईंमा बत्ति राखेको थियो। बत्ति तल बालेपछि आँखामा त असर नगर्ने भयो नि। अनि उसले चाहीँ माथिबाट तानेर तल बाँधेर बत्ति बालेको थियो,’ उनले अगाडि भने, ‘त्यहाँ टिमका बाँकी सदस्यलाई कोठा कोठामा हातगोडा बाँधेर सबैलाई पाता फर्काएर राखेको रहेछ। म त हेर्ने बित्तिकै त्यसै थुरुरु भइहालेँ नि। रगत टललल टल्केको छ। के गर्ने-के नगर्ने अलमलमा परेँ।’

त्यसपछि शारदाको इसारा मान्दै जित बहादुर हिँड्न तयार भए। हत्तनपत्त ट्र्याकसुट लगाए अनि निस्किए। दौडँदै। तर जानु पनि कहाँ त? बाहिर जान पाए पो? ‘बाहिर त पूरै आर्मीले घेरेर निस्कनै नसक्ने बनाएको पो रहेछ। बाहिर जान पनि दिएन। त्यहि बसिरह्यौँ।’

 ‘त्यो बेला त्यत्तिकै भयो। मनमा तनाव पनि भयो। क्याम्प रोकिएर फेरि सुरु भएपछि हामीले तनावैतनावमा खेल्यौँ। अचाक्ली नै भयो,’ उनले भने, ‘तर त्यो खेल्दा पनि मनमा थियो। अनि सिसामा ठ्याक्क गर्दा पनि फेरि गोली त आउने होइन भनेर झसङ्‌ग भइन्थ्यो। डर भइरहेको थियो।’

उनले आँखैअघि देखे- जर्मन नियो–नाजीको वार्ता टिम। अनि ब्ल्याक सेपटेम्बरका विद्रोहीहरु। ‘सप्पै आएका छन्। मिटिङ बसेका छन्-दुनियाँ गरेका छन्,’ ओलम्पिक क्याम्पको अवस्था बयान गर्छन् जित बहादुर, ‘उनीहरु फन्‌फनि घुमेका छन्। एउटा अफ्रिकन देशको को छेउमा बसेको छ। अरुचाहीँ बन्दुक लिएर घुमिरहेका छन्। चार जनाचाहीँ स्ट्यान्डबाई बसेका छन्।’

म्युनिख ओलम्पिकमा दौडिँदै धावक जितबहादुर। 

जितबहादुर त्यतिबेला आफूले बुझेको राजनीतिक कुरा अहिले सुनाउँछन्, ‘त्यहाँको राष्ट्पति (राष्ट्र प्रमुख)ले चाहीँ बरु बुद्धिजिवी लौजाउ यी नौजना खेलाडी छोडिदेउ भनेका थिए। उनीहरु सल्लाह गर्छु भनेर भित्र पसेका बाहिर नै निस्किएनन्।’

ब्ल्याक सेप्टेम्बरका हतियारधारीहरुलाई ती नौ जना उडाउन केही गाह्रो नै नुहने अवस्था रहेको जित बहादुर बताउँछन्। ‘त्यसरी नै घटना भइरहेको थियो। राति साढे ९ भएको थियो। हामी हेरिरह्यौँ। राति हेलिकोप्टर लिएर आयो। एउटै जहाजमा ती गोलिहान्‍ने हरुलाई लिएर गयो। लुप्थान्क भन्‍ने विमान थियो। नामै चलेको।’

विद्रोहीले एक पुलिस अफिसरसँगै ११ जना खेलाडीको हत्या गरे। तर केही जर्नलहरुमा ब्ल्याक सेप्टेम्बरले यो घटना गराएको भन्‍ने दाबी गरेको छ भने केहीले चाहीँ ब्ल्याक सेप्टेम्बर विद्रोही नभएको दाबी गरेका छन्। केही जर्नलहरु यस्ता पनि प्रकाशित भएका छन कि ब्लाक् सेप्टेम्बर भन्ने कुनै समूह नरहेको र एक मिसनलाई फगत् यो नाम दिएको हो।

खैर जे होस्, क्याम्प रोकियो। खेलाडीको हत्या भयो। इजरायल प्यालेस्टाइनको युद्धले खेलकुदलाई ठूलो क्षति गरायो। घटनापछि कुनै ठूलो आवाज आयो कि सबै तर्सन थाले। जितबहादुर पनि घरीघरी त्यो आवाज सम्झेर झस्कन्थे।  ‘त्यो बेला त्यत्तिकै भयो। मनमा तनाव पनि भयो। क्याम्प रोकिएर फेरि सुरु भएपछि हामीले तनावैतनावमा खेल्यौँ। अचाक्ली नै भयो,’ उनले भने, ‘तर त्यो खेल्दा पनि मनमा थियो। अनि सिसामा ठ्याक्क गर्दा पनि फेरि गोली त आउने होइन भनेर झसङ्‌ग भइन्थ्यो। डर भइरहेको थियो।’

यद्यपि उनी खेलमा सहभागी बने। तर दौड पूरा गर्न सकेनन्। २१ किलोमिटर दौडिएपछि उनको खुट्टामा धेरै ठूलो चोट लाग्यो। ‘मेरो खुट्टा नै फुट्यो। म २१ किमी गएपछि खुट्टा फुटेको हो। अनि साथि भक्तबहादुरले चाहिँ म्याराथन पूरा गरे। समय त मैले बिर्सिसकेँ है,’ उनल कुराको बिट मार्दै भने।

प्रकाशित: Sep 05, 2022| 06:35 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।