काठमाडौं- फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले दसैँ र तिहारको अफर ल्याएको छ। कम्पनीले ग्राहकलाई ध्यानमा राखी कुनै पनि गाडीको खरिदमा भरमार उपहारको वर्षा लिएर आएको दाबी गरेको छ।
यसअन्तर्गत आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्टफोनलगायतका उपहारहरु पाइनेछ। यस अफर छठ पर्व अर्थात् कात्तिक १३ गतेसम्म लागू हुनेछ। विगत ८ वर्षदेखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत आफ्ना गाडीहरुको बिक्रीवितरण गर्दै आइरहेको छ। आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँको गैह्रीधारा ,पोखराको चाउथे र सुन्सरी इटहरी आफ्नै शोरुम सञ्चालनमा ल्याएको छ।
स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलरमार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री वितरणमा ल्याइरहेको छ।
ग्राहक वर्गले आफूलाई पायक पर्ने स्थानमा गएर यस अफरको फाइदा लिन सक्ने जनाइएको छ। सम्पूर्ण शोरुममा थ्रिएससहितको सुविधा छ।