शनिबार, असोज १०, २०८३

गोल्डेन ओक १२औं कृति अवार्डको उत्कृष्ट मनोनयन घोषणा

गोल्डेन ओक १२औं कृति अवार्ड २०७९ को उत्कृष्ट मनोनयन घोषणा भएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- गोल्डेन ओक १२औं कृति अवार्ड २०७९ को उत्कृष्ट मनोनयन घोषणा भएको छ। तीन शीर्षकमध्ये मेनस्ट्रिम अन्तगर्तका विधाहरूमा उत्कृष्ट-५ तथा टेक्निकल र क्याम्पेन शीर्षक अन्तर्गतका विधाहरूमा उत्कृष्ट तीनतीन छनोटको आज शुक्रबार घोषणा गरिएको हो। 

अवार्डका लागि ३१ वटा विधामा ४५ वटा एजेन्सीहरूले ४२५ वटा नोमिनेसन दर्ता गराएका थिए। नेपाल विज्ञापन संघ (आन)ले होटल याक एण्ड यतिमा कार्यक्रम आयोजना गरेको हो। यसको मुख्य प्रायोजकमा गोल्डेन ओक, पावर बाईमा बाल्ट्रा र डिस होम रहेको छ। त्यसैगरि कार्यक्रमको अन्य प्रायोजकमा बैंकिङ पार्टनरका रूपमा मुक्तिनाथ विकास बैंक, ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड बाईमा आइटिपिएफ, प्रभु बैक, सफ्टि हाइजिन, सेल पे, र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्। 

यसको मूल समारोह होटल सोल्टीमा भदौ २५ गते शनिबार हुँदैछ। कार्यक्रममा बाह्रौं कृतिका ट्राभल पार्टनर-गुरु ट्राभल्स र आन बीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो। 

उक्त कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीको उपस्थिति रहेको थियो।


प्रकाशित: Sep 04, 2022| 18:55 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्