आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एम स्मार्ट बचत खाता

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एम स्मार्ट बचत खाता

बैंकिङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम स्मार्ट बचत खाता संचालनमा ल्याएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- बैंकिङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले  अत्याधुनिक प्रविधिमा आधारित एम स्मार्ट बचत खाता संचालनमा ल्याएको छ। उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर बैंकको मोबाईल बैंकिंग एप्लिकेशन एम स्मार्टबाट माछापुच्छ्रे बैंकमा खाता खोल्न सक्नेछन्। 

National life

बिज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म  पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो। 

माछापुच्छ्रे बैंकले ग्राहकलाई बैंकसम्म आउनु नै नपर्ने गरि मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन अजेन्स्ट एफडी सहज र सरल तरिकाबाट आफूले चाहेको समयमा लिन सक्ने गरि आफ्ना सेवा सुविधाहरुलाई डिजिटल माध्यममा रुपान्तरण गरिसकेको छ। 

साथै बैंकको मोवाईल बैंकिङ्ग एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिष्ट्रेशन गर्न सकिने, मोवाईलफोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यानगरी क्युआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेको छन्। 

बैंकले एमबीएल स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याईरहेको छ। 

Shivam cement

प्रकाशित: Sep 04, 2022| 18:35 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्