काठमाडौं- प्रधानमन्त्री केपि शर्मा ओलीले आयोजना गरेको रात्रीभोजमा विमस्टेक शिखर सम्मेलनमा सहभागी ६ राष्ट्रका राष्ट्र प्रमुखको सहभागीता रहेको छ।
विशिष्ट पाहुनाका लागि बिहीबार राति आयोजना गरिएको रात्रीभोजमा भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्डका राष्ट्रप्रमुखहरु सहभागी भएको जनाइएको छ।
रात्रीभोज होटल ह्यातमा आयोजना गरिएको छ। बिहीबार दिउँसो तीन बजे प्रधानमन्त्री केपि शर्मा ओलीले विमस्टेक सम्मेलनको उद्घाटन गरेका थिए। सम्मेलन शुक्रबार सकिने छ।
विमस्टेक सम्मेलनका सबै सदस्य राष्ट्र प्रमुख तथा विदेशमन्त्री र उच्च पदस्थ कर्मचारीहरुलार्इ आजै दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष दिवाभोजको आयोजना गर्नुका साथै सामुहिक भेटघाट गरेकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४