काठमाडौं- बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदले भावुक हुँदै आफ्ना परिवारका सदस्यको हत्या भएको दर्दनाक कथा बिमस्टेक सम्मेलनमा उल्लेख गरेकी छन्।
सम्मेलनमा सम्बोधनका क्रममा बंगलादेशको आन्तरिक द्वन्द्व र आतंकवादका क्रममा परिवारका १८ जनाको सामूहिक हत्या भएको उनले बताइन्। उनले आफ्ना परिवारका सदस्य तथा त्यसै क्रममा ज्यान गुमाउने शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिन्।
उनले बिमस्टेक मुलुकको विकास, शान्ति र स्थायित्वमा निर्भर हुने बताइन्।
प्रधानमन्त्री वाजेदले बंगलादेशले पछिल्लो १० वर्षमा आर्थिक र सामाजिक रूपमा निकै उपलब्धि हासिल गरेको बताइन्। आफू नेतृत्वको बंगलादेशी सरकारले भोकमरी र गरिबी, अशिक्षा र बेरोजगारी निर्मुल पार्न विशेष पहल गरेको बताइन्।
बंगलादेशी नागरिकलार्इ शिक्षित बनाउनका लागि निशुल्क शिक्षा प्रदान गरेको तर्क गरिन्। प्रविधिमैत्री बंगलादेशमा आफूले जोड दिएको समेत बताइन्।
प्रधानमन्त्री वाजेदले चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन पाएकामा कृतज्ञता व्यक्त गर्दै छोटो समयमा चौथो बिमस्टेक सम्मेलनलार्इ आयोजना गर्न सफल भएकामा चौथो सम्मेलनका अध्यक्ष तथा आयोजक देशका प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ धन्यवादसमेत ज्ञापन गरिन्।
यो पनि पढ्नुहोस्,
बिमस्टेक महिला सांसदको विशेष फोरम स्थापना गर्न मोदीको प्रस्ताव
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४