काठमाडौं–बिमस्टेकको चौथो शिखर सम्मेलन शुरु भएको छ । ताहचलस्थित होटल सोल्टीमा शुरु भएको सम्मेलनमा नेपालसहित सात सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सहभागिता छ ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २२ मिनेट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले अध्यक्ष राष्ट्रको नाताले सम्बोधन गरेपछि अन्य सदस्य राष्ट्रका प्रमुखले १५/१५ मिनेट सम्बोधन गर्ने कार्यसूचि तयार भएको छ ।
अहिले प्रधानमन्त्री ओलीले सम्मेलनमा सहभागि हुन आएका सदस्य राष्ट्रका प्रमुखलाई कार्यक्रम स्थलमा स्वागत गरिरहेका छन् ।
सम्मेलनमा सहभागि हुन आएका सदस्य राष्ट्रका पाहुनाले बिहान प्रधानमन्त्री ओलीसँग सोल्टी होटलमा भेटवार्ता गरेका थिए । भने, दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।
यो पनि पढ्नुहोस्,
बिमस्टेक महिला सांसदको विशेष फोरम स्थापना गर्न मोदीको प्रस्ताव
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४