शनिबार, जेठ २, २०८३

पाल्पा-बुटवल सडक खण्ड एकतर्फी सञ्चालन

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडक खण्ड गएरातिदेखि एकतर्फी खुलेको छ।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडक खण्ड गएरातिदेखि एकतर्फी खुलेको छ।

National life

पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै खसेको पहिरो पन्छाएर गएराति १२ बजेदेखि सडक खुलेको हो। 

सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख प्रदिपमणि निरौलाका अनुसार अझै पनि सडकमा केही हिलो भने बाँकी नै छ। हिलो तीन वटा मेसिनले पन्छाउने काम भइरहेको छ।

सडक खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन्। अस्ति दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाइएको थियो। तर, हिजो बिहान फेरि दुई ठाउँमा पहिरो खसेपछि दिनभर नै पूर्णरुपमा ठप्प भएको थियो।

प्रकाशित: Sep 03, 2022| 08:39 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।