शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दक्षिणकालीमा मिनीट्रक दुर्घटना, दुई जना गम्भीर घाइते

दक्षिणकालीमा मिनीट्रक दुर्घटना, दुई जना गम्भीर घाइते

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ८, छैमलको शीतलचोकमा शुक्रबार राति मिनीट्रक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

National life

काठमाडौं– काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ८, छैमलको शीतलचोकमा शुक्रबार राति मिनीट्रक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। 

शुक्रबार राति साढे ८ बजेतिर फर्पिङबाट सिस्नेरीतर्फ जाँदै गरेको बा.प्र.–०१–००४ क ०६३२ नम्बरको मिनीट्रक आफैं अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ। 

ट्रकमा सवार दुई जना  पुरुष गम्भीर चोटपटक लागेको अवस्थामा अचेत फेला परेको उनीहरूलाई उद्धार गरेर मनमोहन अस्पताल (फर्पिङ) पुर्‍याइएको प्रहरीको भनाइ छ। उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Sep 03, 2022| 08:02 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।