आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्यार्थी लक्षित चेकिङमा शुक्रबार ८८ जना कारबाहीमा

विद्यार्थी लक्षित चेकिङमा शुक्रबार ८८ जना कारबाहीमा

स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तरगत शुक्रबार ८८ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तरगत शुक्रबार ८८ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २१ जना र तीव्र गतिमा सवारी साधन चलाउने चार जना विद्यार्थी चालक कारबाहीमा परेका हुन्।  

यस्तै नम्बर प्लेट दुरुस्त नभएको सवारी साधन चलाउँदै गरेका चार जना, दुईपाङ्ग्रे सवारी साधनमा तीन जना सवार दुई जना चालक र हेल्मेट नलगाएका एक जना चालकलाई पनि आजै कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।  

साउन ३० गतेबाट सुरु भएको स्कुल/कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हालसम्म ६ सय ७९ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले  विभिन्न कसुरमा कारबाही गरेको छ।

प्रकाशित: Sep 03, 2022| 07:51 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।